नेप्से परिसूचक १.१२ अङ्कले ओरालो 

काठमाडौँ, २५ असार : धितोपत्र बजारमा मङ्गलबार उकालो लागेको नेप्से परिसूचक बुधबार भने ओरालो लाग्यो । उतारचढावका बीच नेप्से परिसूचक १.१२ अङ्कले घटेर एक हजार २४९.१५ मा पुगेर रोकियो । ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ०.७३ अङ्कले घटेर २६८.३३ मा थामियो ।

स्टकका अनुसार आज कूल १६८ कम्पनीका २९ लाख ९८ हजार ९४७ कित्ता शेयर रु ५७ करोड ३४ लाख ४७ हजार ५०९ मा खरीद बिक्री भए । परिसूचक ओरालो लागे पनि कारोवार भएका ११ मध्ये तीन उपसमूहको शेयर मात्र बढ्यो । बैंकिङ १.७८, लघुवित्त ३.५२ र जीवन बीमा उपसमूहका शेयर १.४४ अङ्कले बढ्दा होटल ३.७८, विकास बैंक २.७६, जलविद्युत् ४.५४, वित्त ०.९८, निर्जीवन बीमा १६.७५, उत्पादन २७.०१, अन्य ६.९३ र सामूहिक लगानी कोषका शेयर ०.११ अङ्कले घटे ।

स्टकका अनुसार सिभिल बैंकको संस्थापक शेयर रु १७ करोड ५३ लाख ५९ हजार ४०० मा खरीद बिक्री भई शीर्ष स्थानमा रह्यो । त्यस्तै सिटिजन लगानी कोषको शेयर रु चार करोड ११ लाख ६५ हजार ८१०, नेपाल बैंक रु दुई करोड २३ लाख १७ हजार ०१४, एनआइसी एशिया बैंक रु एक करोड ६५ लाख ९५ हजार ६३४ र शिवम् सिमेन्ट्सको शेयर रु एक करोड ५५ लाख ७१ हजार ४५५ मा खरीद बिक्री भए ।

घटेको बजारमा इन्फिनिटी लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ९.८१ प्रतिशतले कमाए । यस्तै समिट लघुवित्त वित्तीय संस्था लिमिटेड ४.४९, मल्टीप्रपोज फाइनान्स कम्पनी ४.४४, नेपाल हाइड्रो डेभलपर्स लिमिटेड ४.१३ र नेशनल माइक्रोफाइनान्स वित्तीय संस्थाका शेयरधनीले ३.७९ प्रतिशतले कमाए ।

सिभिल लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ९.६७ प्रतिशतले गुमाए । कञ्चन डेभलपमेन्ट बैंक ६.०९, आँखु खोला जलविद्युत् कम्पनी ५.४०, नविल इक्वुटी फण्ड ४.८४, कर्पोरेट डेभलपमेन्ट बैंक ४.८ र घलेम्दी हाइड्रो लिमिटेडका शेयरधनीले ३.३७ प्रतिशले गुमाए ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.