नेप्से परिसूचकमा सामान्य सुधार

काठमाडौँ, २ असार : लगातार ओरालो लाग्दै आएको शेयर बजारमा कारोवार मापक नेप्से परिसूचकमा आज भने सामान्य सुधार देखिएको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २.६३ बिन्दुले वृद्धि भई एक हजार २६०.९० अङ्कमा पुगेको छ । त्यस्तै ठूला कम्पनीका कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.२९ ले वृद्धि भई २७०.२६ अङ्कमा पुगेको छ । परिसूचक सामान्य सुधार भए पनि कारोवार रकम भने घटेको छ ।

कूल १७३ कम्पनीका १३ लाख ७३ हजार १३० कित्ता शेयर रु ४० करोड ३५ लाख ३८ हजार १४७ मा खरीद बिक्री भए । स्टकका अनुसार कूल ११ उपसमूहको कारोवार भएकामा आज तीन उपसमूहको शेयर घटेको छ भने आठ उपसमूहको शेयर बढेको छ ।

विकास बैंक २.७६, लघुवित्त ३.१९ र जीवन बीमा १८.८४ बिन्दुले घट्दा बैंकिङ १.७, होटल १२.८८, जलविद्युत् ८.८९, वित्त २.०६, निर्जीवन बीमा ३७.२७, उत्पादन २८.३२, अन्य २.२७ र सामूहिक लगानी कोष ०.०५ अङ्कले बढेको छ ।

स्टकका अनुसार नेपाल बैंक लिमिटेडको सबैभन्दा बढी शेयर कारोवार भएको छ । बैंकको प्रतिकित्ता रु ३२४ का दरले रु तीन करोड २९ लाख तीन हजार ३२० मा कारोवार भई शीर्ष स्थानमा रह्यो । यस्तै शिवम् सिमेन्ट प्रतिकित्ता रु ६५६ का दरले रु तीन करोड २२ लाख ७८ हजार ४८१, प्रभू बैंक प्रतिकित्ता रु २६६ का दरले रु दुई करोड ३१ लाख २९ हजार २८१, सिद्धार्थ बैंक लिमिडेट प्रतिकित्ता रु ३२० का दरले रु एक करोड ८२ लाख ४८ हजार ९२, कृषि विकास बैंक प्रतिकित्ता रु ४०३ का दरले रु एक करोड ७३ लाख ६२ हजार २९८ मा कारोवार भई शीर्ष स्थानमा रह्यो ।

अरुण भ्याली हाइड्रो पावर कम्पनीका शेयरधनीले ६.७३ प्रतिशतले कमाउँदा गुर्खाज फाइनान्स ५.१३, गुराँस लघुवित्त वित्तीय संस्था ४.९६, नेपाल एग्रो लघुवित्त वित्तीय संस्था ४.८९ र सिद्धार्थ इक्वुटी ओरियन्टेड स्किमका लगानीकर्ताले ४.४६ प्रतिशतले कमाए ।

त्यस्तै ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था ४.८, युनियन हाइड्रो पावर लिमिटेड ४.६६, गुडविल फाइनान्स कम्पनी ४.४७, सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था ४.३७ र समिट लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ३.८४ प्रतिशतले गुमाए । यस्तै स्टकमा आज नविल बैंक लिमिटेडको ९६ लाख ८६ हजार २४४ कित्ता शेयर लाभांश सूचीकृत भयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.