इन्फिनिटी लघुविक्तले जेठ १३ गतेदेखि साधारण शेयर बिक्री गर्दै

काठमाडौँ, ४ जेठ : गैँडाकोटमा प्रधान कार्यालय रहेको इन्फिनिटी लघुविक्त वित्तीय संस्थाले छ लाख २९ हजार ९३० कित्ता साधारण शेयर बिक्री गर्ने भएको छ ।

कम्पनीको जारी पूँजी रु २० करोडको बराबरको प्रति साधारण शेयर रु १०० अङ्कित दरका ३२.५ प्रतिशत शेयर सार्वजनिक निष्काशनको निमित छुट्टयाएको रु छ करोड ७४ लाख बराबरको छ लाख ७४ हजार किक्ता साधारण शेयर बिक्री गर्न लागिएको हो ।

त्यसमा कम्पनीका कर्मचारीका लागि जारी पूँजीको शून्य दशमलव पाँच प्रतिशत अर्थात् १० हजार ३७० कित्ता तथा सामूहिक लगानी कोषका लागि पाँच प्रतिशत अर्थात् ३३ हजार ७०० किक्ता साधारण शेयर बिक्री गरिनेछ ।

सो कम्पनीको शेयर यही जेठ १३ गतेदेखि छिटोमा जेठ १६ गतेसम्म र ढिलोमा आगामी असार १० गतेसम्म बिक्री गरिनेछ । नेपाल धितोपत्र बोर्डले गत वैशाख २३ गते सो कम्पनीलाई साधारण शेयर बिक्रीका लागि अनुमति दिएको हो ।

केयर नेपालले गरेको कम्पनीको वित्तीय विश्लेषणमा औसतभन्दा कम आधार जनाउने ग्रेड चार रेटिङ दिएको छ । कम्पनीको शेयर बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ । संस्थाको आर्थिक वर्ष २०७७/७८ सम्म प्रतिशेयर आम्दानी ३९ रुपैयाँ ३८ पैसा र प्रतिशेयर नेटवर्थ १३८ रुपैयाँ १३ पैसा रहनेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.