घट्दै नेप्से परिसूचक

काठमाडौँ, २६ वैशाख : लगातार ओरालो लाग्दै आएको शेयर बजारमा आज पनि नेप्से घट्ने क्रम जारी रह्यो ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ५.६४ बिन्दुले घटेर एक हजार २९१.९६ बिन्दुमा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १.५५ बिन्दुले घटेर २७६.५२ बिन्दुमा पुगेको छ । स्टकका अनुसार नेप्से परिसूचक घटेपनि कारोवार रकम भने वृद्धि भएको छ । कूल १७४ कम्पनीको ३५ लाख ८५ हजार ६९५ कित्ता शेयर रु ९४ करोड ७३ लाख ४७ हजार ७७६ मूल्यमा खरीद बिक्री भए ।

कारोवार भएका कूल दश उपसमूह मध्ये आज दुई उपसमूहको मात्रै शेयर बढेको छ भने आठ उपसमूहको शेयर भने घटेको छ । स्टकका अनुसार निर्जीवन बीमा ५०.२१ र उत्पादन उपसमूह ३६.०९ बिन्दुले बढेको छ । यस्तै बैंकिङ ८.३१, होटल १२.१२, विकास बैंक ७.६८, जलविद्युत् ३.५४, वित्त २.४१, अन्य ०.९६, लघुवित्त ८.१८ र जीवन बीमा ५३.८८ बिन्दुले बढेको छ ।

स्टकका अनुसार सानिमा बैंकको संस्थापक शेयर प्रतिकित्ता रु १८१ मा रु ३२ करोड ५० लाख ८० हजार ५००, शिवम् सिमेन्ट प्रतिकित्ता रु ४११ मा रु पाँच करोड तीन लाख ५८ हजार ६५१ मा कारोवार भए । नेको इन्स्योरेन्स रु चार करोड आठ लाख ५४ हजार ७५१, एनएमबी बैंक रु तीन करोड ७६ लाख २७ हजार १६५, कृषि विकास बैंक रु तीन करोड ६८ लाख ७९ हजार ४२६, सगरमाथा इन्स्योरेन्स रु तीन करोड २७ लाख ५६ हजार १०० बराबरको कारोवार भई शीर्ष स्थानमा रहे ।

स्टकका अनुसार सगरमाथा इन्स्योरेन्सका शेयरधनीले ८.५१ प्रतिशतले कमाए । यस्तै नेपाल हाइड्रो डेभलपर आठ, हिमालयन डिस्टिलरी ७.७१, जानकी फाइनान्स ७.१९, शिवम् सिमेन्ट ५.३८, स्पर्श लघुवित्त वित्तीय संस्था ४.९७, प्रिमियर इन्स्योरेन्सका शेयरधनीले ४.४८ प्रतिशतले कमाए ।

यस्तै प्रोग्रेसिभ फाइनान्सका लगानीकर्ताले ९.२४ प्रतिशतले गुमाए । मल्टीपर्पोज फाइनान्स कम्पनी ७.४५, घलेम्दी हाइड्रोपार ४.३१, सूर्योदय लघुवित्त वित्तीय संस्था ३.८८, अरुण भ्याली हाइड्रोपावर ३.७७, राधी विद्युत् कम्पनी ३.७० र कन्काई विकास बैंकका शेयरधनीले ३.४६ प्रतिशले गुमाए ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.