गुराँस लघुवित्तको साधारण शेयर खुल्यो

काठमाडौँ, १६ वैशाख : पछिल्लो दिनमा साधारण शेयर बिक्री गर्ने होडबाजी चलिरहेको बेला गुराँस लघुवित्तले आजदेखि साधारण शेयर बिक्री शुरु गरेको छ । कम्पनीले दुई लाख ३३ हजार ६२५ कित्ता शेयर बिक्री शुरु गरेको हो ।

बिक्री गर्न लागिएको दुई लाख ५० हजार कित्ता शेयरमध्ये तीन हजार ८७५ कित्ता कम्पनीका कर्मचारीका लागि छुट्याइएको छ भने १२ हजार ५०० कित्ता सामूहिक लगानी कोषको लागि छुट्याइएको छ ।

कर्मचारी र सामूहिक लगानी कोषलाई छुट्ययाएर बाँकी रहेको रहेको दुई लाख ३३ हजार ६२५ कित्ता शेयर सर्वसाधारणको लागि बिक्री गर्न लागिएको हो । सो कम्पनीको साधारण शेयरमा न्यूनतम १० कित्तादेखि अधिकतम ५०० कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ ।

कम्पनीको शेयर छिटोमा यही वैशाख २० गते र ढिलोमा आगामी जेठ १४ गते सम्म आवेदन गर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.