ओरालो यात्रामा शेयर

काठमाडौँ, ५ भदौ : तीन दिनदेखि निरन्तर ओरालो लागेको शेयर बजारमा आज पनि घटेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार शेयर कारोबार मापक नेप्से परिसूचक ४.१८ बिन्दुले घटेर एक हजार १८३.८९ बिन्दुमा पुगेको हो ।

यस्तै ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.८३ बिन्दुले घटेर २४९.९२ बिन्दुमा झरेको छ । आज कूल १६१ कम्पनीको पाँच लाख ७० हजार १७३ कित्ता शेयर रु १७ करोड ९५ लाख ५८ हजार ९३० मा खरिद बिक्री भएको छ ।

स्टकका अनुसार आज चार उपसमूहको शेयर कारोवार उकालो लागेको छ भने सात उपसमूहको शेयर ओरालो लागेको छ । व्यापार २.९५, जलविद्युत् ०.५६, निर्जीवन बीमा ४.४७ र अन्य समूह १.४१ बिन्दुले बढेको छ ।

यस्तै बैकिङ ५.४१, होटल ८.७६, विकास बैङ्क ३.१८, वित्त २.९४, उत्पादन २२.८५, माइक्रो फाइनान्स १०.३३ र जीवन बीमा ०.५१ विन्दुले घटेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.