पाँच लाख बढीको कारोवारमा मात्रै प्यान : धितोपत्र बोर्ड

काठमाडौँ, ७ चैत : नेपाल धितोपत्र बोर्डले रु पाँच लाख वा सोभन्दा बढीको शेयर कारोवारमा मात्रै स्थायी लेखा नम्बर(प्यान) अनिवार्य रहेको पुनःदोहो¥याएको छ ।

स्थायी लेखा नम्बरको विषयमा दुविधा उत्पन्न भएको भन्दै बोर्डले दोस्रो बजारमा धितोपत्र खरीद वा बिक्री गर्दा दिनभरिको कारोवार वा पटकपटकको कूल कारोवारको नभई एकपटकमा रु पाँच लाख वा सोभन्दा बढीको कारोवार गरेमा मात्र उक्त नम्बर अनिवार्य हुने जनाएको हो ।

बोर्डका प्रवक्ता नीरज गिरीका अनुसार साना लगानीकर्तालाई प्यान नम्बर अनिवार्य नगरिएको र ऐच्छिकरुपमा मात्रै लागू गरिने भएकाले दुविधामा नपर्न बोर्डले आग्रह गरेको छ । रु पाँच लाखभन्दा बढीको कारोवारमा प्यान अनिवार्य भए पनि सोभन्दा तलको हकमा भने ऐच्छिक मात्रै रहेको छ । प्यानका विषयमा कुनै दुविधा राख्नु जरुरी नभएकाले बोर्डले लगानीकर्तालाई प्रोत्साहित गर्ने नीति नै रहेको स्पष्ट पारेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.