जनताको जलविद्युत् कार्यक्रमको शेयरमा रेटिङ गराउनु नपर्ने

काठमाडौँ, ३० फागुन : ‘नेपालको पानी जनताको लगानी, सबै नेपाली जलविद्युत्को शेयरधनी’ कार्यक्रममा समेटिएका जलविद्युत् आयोजनाले साधारण शेयर बिक्री गर्दा क्रेडिट रेटिङ गराउनु नपर्ने भएको छ । त्यस्तो प्रक्रियाले शेयर बिक्रीलाई समेत थप सरल र सहज बनाउनेछ ।

नेपाल धितोपत्र बोर्डले त्यस्तो निर्णय गरी आज आमरुपमा जानकारी दिएको छ । सरकारको कार्यक्रमअनुसार कार्यान्वयन आउन लागेका जनताको जलविद्युत् कार्यक्रमलाई थप सहजीकरण गर्न त्यस्तो व्यवस्था गरिएको हो ।

उक्त कार्यक्रमअन्तर्गत सङ्गठित संस्थाले धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्काशन गर्दा क्रेडिट रेटिङ गर्न नपर्ने गरी छुट दिइएको बोर्डले जनाएको छ । ‘क्रेडिट रेटिङ नियमावली, २०६८’ को नियम ३ को उपनियम ७ बमोजिम त्यस्तो छुट दिने निर्णय गरिएको हो ।

सरकारले उक्त कार्यक्रमअन्तर्गत पहिलो चरणमा नुवाकोटमा निर्माण शुरु भएको माथिल्लो त्रिशूली थ्री बी जलविद्युत् आयोजनाको अग्रिम शेयर बिक्री गर्ने तयारी गरेको छ । कूल ३७ मेगावाट क्षमताको उक्त आयोजनाको केही समय पहिले मात्रै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले शिलान्याश गरिसक्नुभएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको जलविद्युत् कार्यक्रकमको पहिलो शेयर आफूले खरीद गर्ने यसअघि नै सार्वजनिक गर्नुभएको छ । नागरिकबाट नै लगानी जुटाएर करीब तीन हजार ५०० मेगावाट क्षमताको आयोजना निर्माण गर्ने घोषणा गरेको छ । त्यस्ता आयोजनाको स्वपूँजीमध्ये ४९ प्रतिशत रकम शेयरमार्फत उठाउने र अग्रिमरुपमा लिएको शेयर बराबरको रकमकोसमेत ब्याज दिने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
Contact us
Address :
Durbarmarga, Kathmandu Nepal
Contact No:
9851155800, 9861155800
Email:
mediamissionnepal@gmail.com
DOIB Regd No.: 905/075/076
PAN: 606662442
OCR Regd No.: 193288/075/076
Run by Media Mission Nepal Pvt. Ltd.
About us
Chairperson/Editor-in-Chief:
Teknath Neupane
Editor:
Goma Bhandari
Managing Director:
Dr. Ganesh Prasad Acharya
© 2018 Mediamission
Designed By: Web House Nepal