साधारण शेयर बिक्रीको अनुमति

काठमाडौँ, २२ माघ : नेपाल धितोपत्र बोर्डले हिमालयन ऊर्जा विकास कम्पनीलाई रु १४ करोड ८५ लाख बराबरको साधारण शेयर बिक्रीका लागि अनुमति दिएको छ । बोर्डले सर्वसाधारणलाई बिक्री गर्ने गरी १४ लाख ८५ हजार कित्ता साधारण शेयर बिक्रीका लागि अनुमति दिएको हो ।

प्रतिकित्ता रु १०० अङ्कित दरको साधारण शेयर बिक्रीका लागि अनुमति दिइएको बोर्डले जनाएको छ । कम्पनीको शेयर बिक्री प्रबन्धकमा नबील इन्भेस्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ ।

कम्पनीले यसअघि आयोजनाबाट प्रभावित दोलखा र रामेछाप जिल्लाका बासिन्दाका लागि लागि नौ लाख ९० हजार कित्ता शेयर बिक्री गरेको थियो । जारी पूँजी रु ९९ करोड मूल्यको दश प्रतिशत बराबरको रु नौ करोड ९० लाखको साधारण शेयर बिक्री गरेको थियो ।

आयोजनाबाट उत्पादित विद्युत् रामेछापको खिम्ती गज्र्याङ १३२ केभी प्रसारण लाइनबाट राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ । कम्पनीले उपल्लो खिम्ती १२ मेगावाट र माथिल्लो खिम्ती सात मेगावाट क्षमताका आयोजना पनि निर्माण गरिरहेकोे छ ।

प्रतिक्रिया दिनुहोस्
Contact us
Address :
Durbarmarga, Kathmandu Nepal
Contact No:
9851155800, 9861155800
Email:
mediamissionnepal@gmail.com
info@mediamissionnews.com
DOIB Regd No.: 905/075/076
PAN: 606662442
OCR Regd No.: 193288/075/076
Run by Media Mission Nepal Pvt. Ltd.
About us
Chairperson/Editor-in-Chief:
Teknath Neupane
Editor:
Goma Bhandari
Managing Director:
Dr. Ganesh Prasad Acharya
© 2018 Mediamission
Designed By: Web House Nepal