थप शाखा कार्यालय खोल्न बोर्डको आग्रह

काठमाडौँ, २१ माघ : नेपाल धितोपत्र बोर्डले देशका विभिन्न स्थानमा धितोपत्र दलाल व्यवसायीको शाखा कार्यालय स्थापना गर्न निर्देशन दिएको छ

गत असार मसान्तसम्मका शाखा कार्यालय खोल्नका लागि आवेदन दिएका धितोपत्र दलाल व्यवसायीलाई शाखा कार्यालय खोल्न दिने बोर्डको निर्णयअनुसार आवश्यक भौतिक पूर्वाधार तयार पार्नसमेत आग्रह गरिएको छ । बोर्डले धितोपत्रको कारोवार हुने तर शाखा कार्यालय नखुलेका महेन्द्रनगर, घोराही, तुलसीपुर, भैरहवा, जनकपुरमा शाखा कार्यालय खोल्न निर्देशन दिएको र आवश्यक भौतिक पूर्वाधार तयार पार्न आग्रह गरेको हो ।

बोर्डले धितोपत्र दलाललाई व्यवसायीबाट प्राप्त भएको निवेदन तथा पूँजी बजारमा देखिएका प्रवृत्तिको समग्र मूल्याङ्कन गरी वित्तीय स्थायित्व एव् लगानीका लागि स्रोत व्यवस्थापनसम्बन्धी समितिको सुझावका आधारमा आवश्यक निर्णय गर्र्दै आएको जनाएको छ । धितोपत्र दलाल व्यवसायीको शाखा कार्यालय स्थापना गर्ने कार्यलाई अझ व्यवस्थित बनाउन नियमावलीमा समेत थप व्यवस्था गरिएको र प्रक्रिया समेत अगाडि बढाइएको बोर्डका प्रवक्ता नीरज गिरीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.