आशा लघुवित्तको साधारण शेयर बिक्री शुरु

काठमाडौँ, १८ माघ : आशा लघुवित्त वित्तीय संस्थाको साधारण शेयर (आइपिओ) आजदेखि बिक्री शुरु भएको छ । कम्पनीले ६ लाख ७४ हजार कित्ता शेयर सर्वसाधारणका लागि बिक्री गर्न लागेको हो ।

संस्थाका अनुसार लगानीकर्ताले न्यूनतम १० कित्ता अर्थात् रु एक हजार बराबरको पनि आवेदन दिन सक्नेछन् । यस्तै अधिकतम तीन हजार ३७० कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ ।

उक्त कम्पनीको शेयर छिटोमा यही माघ २२ गते र ढिलोमा आगामी फागुन १९ गतेसम्म खरीद गर्न सकिनेछ । बिक्री हुन लागेको शेयरमध्ये १० हजार ३७० कित्ता कर्मचारीलाई, ३३ हजार ७०० कित्ता म्युचुअल फण्डलाई र बाँकी ६ लाख २९ हजार ९३० कित्ता सर्वसाधारणका लागि बिक्री गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.