मेरो माइक्रोफाइनान्सलाई हकप्रद शेयर बिक्रीको अनुमति

काठमाडौँ, १४ माघ : नेपाल धितोपत्र बोर्डले मेरो माइक्रोफाइनान्स वित्तीय संस्थालाई हकप्रद शेयर बिक्रीको अनुमति दिएको छ । बोर्डले सो संस्थालाई हाल कामय भएको जारी तथा चुक्ता पूँजी रु ३२ करोड ८९ लाखको शतप्रतिशत बराबरको हकप्रद शेयर बिक्रीको लागि अनुमति दिएको हो ।

बोर्डले आइतबार सो संस्थालाई उक्त हकप्रद शेयरको बिक्रीको अनुमति दिएको हो । संस्थाले सोसम्बन्धी जानकारी आज नेपाल स्टक एक्सचेञ्जलाई गराएको हो । यस्तै नेपाल स्टक एक्सचेञ्जमा आज १९ लाख ९२ हजार २८९ कित्ता शेयर लाभांश सूचीकृत भएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.