शेयर बजारमा सुधार

काठमाडौँ, २३ पुस : धेरै दिनपछि धितोपत्र बजारमा आज शेयरको मूल्यमा वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ६ दशमलव ६७ बिन्दुले बढेर एक हजार १७७ दशमलव ७७ बिन्दुमा पुगेको छ ।

यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापक सेन्सेटिभ परिसूचक १ दशमलव ३७ बिन्दुले बढेर २४९ दशमलव ९३ बिन्दुमा पुगेको छ । स्टकका अनुसार आज कूल १४८ कम्पनीको नौ लाख १४ हजार २३९ कित्ता शेयर रु ३० करोड १९ लाख ८७ हजार ६१६ मा खरीद बिक्री भए । कारोवार भएका कूल १० उपसमूहमध्ये आज दुई उपसमूहको मात्रै शेयर घटेको छ भने आठ उपसमूहको शेयरमा वृद्धि भएको छ । उत्पादन १२ दशमलव ७६ तथा अन्य शून्य दशमलव शून्य चार बिन्दुले घटेको छ ।

यस्तै बैंकिङ ४ दशमलव ६४, होटल १७ दशमलव ६५, विकास बैंक ७ दशमलव ६४, जलविद्युत् ५ दशमलव ३७, वित्त १ दशमलव २, निर्जीवन बीमा ८२ दशमलव ८८, लघुवित्त ११ दशमलव ५३ र जीवन बीमा ९२ दशमलव ६९ बिन्दुले बढेको छ । हाथवे फाइनान्स कम्पनी, सिर्नजी पावर कम्पनी, सिभिल लघुवित्त वित्तीय संस्था, सप्तकोशी डेभलपमेन्ट बैंक, गुर्खाज फाइनान्स, समिट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक र पूर्णिमा विकास बैंकका लगानीकर्ताले कमाएका छन् । यस्तै किसान माइक्रोफाइनान्स वित्तीय संस्था, मेरो माइक्रोफाइनान्स, हिमालयन बैंक, जनउत्थान सामुदायिक लघुवित्त विकास बैंक, सिन्धु विकास बैंक र पोखरा फाइनान्स लिमिटेडका शेयरधनीले आज गुमाएका छन् ।

जोशी हाइड्रोको साधारण शेयर सूचीकृत

नेपाल स्टक एक्सचेञ्जमा जोशी हाइड्रोपावरको ३७ लाख १४ हजार कित्ता साधारण शेयर सूचीकृत भएको छ ।

केही दिन पहिलेमात्रै साधारण शेयर बिक्री गरेको सो कम्पनीको साधारण शेयर सूचीकृत भएसँग आजदेखि दोस्रो बजारमा कारोवारसमेत शुरु भएको छ । स्टकले सो कम्पनीको शेयरलाई न्यूनतम ९३ रुपैयाँ ६७ पैसा र अधिकतम रु २८० सम्म पुग्ने मूल्य प्रक्षेपण गरेको छ ।

साहारा विकास बैंकले आफ्ना शेयरधनीलाई रु एक करोड ६७ लाख ८८ हजार ८०४ बराबरको शेयर लाभांश दिने भएको छ । यस्तै शेयर लाभांशबापत लाग्ने कर प्रयोजनका लागि रु चार लाख ७२ हजार ५४५ बराबरको नगद लाभांश दिने प्रस्ताव गरेको छ । बैंकले रु १८ करोड २४ लाख ८७ हजार बराबरको हकप्रद शेयर बिक्रीको प्रक्रिया अगाडि बढाएको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
Contact us
Address :
Durbarmarga, Kathmandu Nepal
Contact No:
9851155800, 9861155800
Email:
mediamissionnepal@gmail.com
DOIB Regd No.: 905/075/076
PAN: 606662442
OCR Regd No.: 193288/075/076
Run by Media Mission Nepal Pvt. Ltd.
About us
Chairperson/Editor-in-Chief:
Teknath Neupane
Editor:
Goma Bhandari
Managing Director:
Dr. Ganesh Prasad Acharya
© 2018 Mediamission
Designed By: Web House Nepal