कमजोर आर्थिक अवस्थाको शिवश्रीेले साधारण शेयर बिक्री गर्ने

2018-12-27 19:04

काठमाडौँ, १२ पुस (रासस)ः नेपाल धितोपत्र बोर्डले शिवश्री हाइड्रोपावर कम्पनीलाई साधारण शेयर बिक्रीका लागि स्वीकृति दिएको छ । बोर्डले आयोजना प्रभावित सिन्धुपाल्चोकवासीका लागि कूल १० प्रतिशत साधारण शेयर बिक्री गर्नेछ । 

कम्पनीले कूल २२.२ मेगावाट क्षमताको माथिल्लो चाकु ए जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । सो आयोजना निर्माण सम्पन्न हुने चरणमा छ । बोर्डले पहिलो चरणमा रु १४ करोड ७६ लाख ४० हजार बराबरको १४ लाख ७६ हजार ४०० कित्ता शेयर सिन्धुपाल्चोकवासीलाई बिक्रीका लागि स्वीकृति दिएको छ । 

इक्रा नेपालले गरेको वित्तीय विश्लेषणमा सो कम्पनीको आर्थिक अवस्था कमजोर रहेको देखाएको छ । इक्रा नेपालको ग्रेडिङमा सो कम्पनीले ग्रेड चार छ । कम्पनीले दोस्रो चरणमा रु दुई अर्ब दश करोड बराबरको २१ लाख कित्ता शेयर बिक्री गर्नेछ । आयोजनाबाट उत्पादित विद्युत् १३२ केभी क्षमताको १५ किलोमिटर लामो प्रसारण लाइनमार्फत नेपाल विद्युत् प्राधिकरणको लामोसाँघु सवस्टेशनमा जोडिनेछ । 

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.