चौतारी लघुवित्तको साधारण शेयर बाँडफाँट

काठमाडौँ, २८ मङ्सिर : चौतारी लघुवित्तको साधारण शेयरमा आवेदन गर्ने मध्ये ५६ हजार ७० जनाले न्यूनतम दश कित्ता शेयर पाएका छन् ।

सो कम्पनीको साधारण शेयरको आज बाँडफाँट गरिएको हो । आवेदकमध्ये दुई लाख १७ हजार १२२ जनाले शेयर पाएनन् । सो संस्थाले धितोपत्र निर्देशिकाअनुसार न्यूनतम दश कित्ताको शेयर बाँडफाँट गरिएको बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटलले जानकारी दिएको छ ।

सो संस्थाको शेयरमा दुई लाख ७३ हजार १९२ जनाले आवेदन गरेका थिए । त्यसमध्ये हितग्राही खाता नम्बर नमिलेका र व्यक्तिगत विवरण पूर्ण नभएका ४७५ जनाको आवेदन रद्द गरिएको छ । उक्त लघुवित्तको चुक्ता पूँजी रु १२ करोड ६० लाख छ । साधारण शेयर बिक्रीपछि चुक्ता पूँजी रु १८ करोड ६० लाख पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.