बजार सहजीकरण गर्दै बोर्ड

काठमाडौँ, २० मङ्सिर : नेपाल धितोपत्र बोर्डले पूँजी बजारलाई गतिशील बनाउन बजार निर्मातालाई पूँजी बजारमा सक्रिय बनाउन आवश्यक सहजीकरण गर्ने भएको छ ।

नेपाल स्टक एक्सचेञ्ज लिमिटेडले गत कात्तिक २० गतेदेखि पूर्ण स्वचालित अनलाइन कारोवार प्रणाली शुरु गरिसकेकाले धितोपत्र बजारमा बजार निर्मातालाई प्रवेश गराउन लागिएको बोर्डले जनाएको छ ।

बोर्डले आज विज्ञप्तिमार्फत बजार निर्मातालाई प्रवेश गराउन आवश्यक तयारी भइरहेको उल्लेख गरेको छ । बोर्डको चालू आर्थिक वर्षकोे नीति तथा कार्यक्रममा समेत धितोपत्रको खरीद तथा बिक्री दुवै मूल्य अङ्कित गरी त्यस्तो धितोपत्र आफ्नो नामबाट खरीद तथा बिक्री गर्न आवश्यक व्यवस्था गर्ने उल्लेख छ । सोहीअनुसार बजार निर्माता वा डिलरले बोर्डले तोकेको व्यवस्थाअनुसार कारोवार गर्न तथा धितोपत्रको प्रत्याभूतसमेत गर्ने व्यवस्था गरेको छ ।

धितोपत्र बजारमा बजार निर्माता÷डिलरको प्रवेशले धितोपत्रको दोस्रो बजारको दायरा फराकिलो भई पूँजी बजारको गतिशील विकासमा सहयोग पुग्ने बोर्डको विश्वास लिएकोछ ।

सुझाव पेश गर्न समिति गठन

सरकारले पछिल्लो समयमा मुद्रा तथा पूँजी बजारमा वित्तिय स्थायित्व कायम गरी औद्योगिक एवं पूँजी बजारमा लगानीका समस्या पहिल्याएर सात दिनभित्र सुझाव पेश गर्न समिति गठन गरेको छ ।

अर्थमन्त्रालयले नेपाल राष्ट्र बैङ्कका डेपुटी गभर्नर शिवराज श्रेष्ठको संयोजकत्वमा धितोपत्र बोर्डका अध्यक्ष, बैङ्कर्स सङ्घका अध्यक्ष, शेयर लगानीकर्ता सङ्घका प्रतिनिधिलाई समितिको सदस्य तोकेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.