कालिका लघुवित्तले लाभांश शेयर दिने

काठमाडौँ, २० मङ्सिर : कालिका लघुवित्त वित्तीय संस्थाले आठ प्रतिशत लाभांश शेयर दिने भएको छ । संस्थाले आर्थिक वर्ष २०७४÷७५ को नाफाबाट लाभांश शेयर दिने निर्णय गरेको हो ।

नेपाल राष्ट्र बैंकको स्वीकृति तथा आगामी साधारणसभाबाट पारित भएपछि उक्त लाभांश शेयरधनीलाई वितरण गर्ने निर्णय भएको संस्थाले जनाएको छ । संस्थाले त्यससम्बन्धी जानकारी नेपाल स्टक एक्सचेञ्जलाई गराएको छ । संस्थाको हाल चुक्ता पूँजी रु १० करोड रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.