धार्मिकस्थलमा दर्शन एवं पूजा आराधना गर्ने व्यवस्था मिलाउन आग्रह

विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति मन्दिर क्षेत्र । कोरानो भाइरसको महामारीका कारण विगत सात महिनादेखि सुनसान देखिन्छ । तस्वीर: रत्न श्रेष्ठ

काठमाडौँ, २७ भदौ : विश्व हिन्दू महासङ्घले सात महिनादेखि मुख्य मठ, मन्दिर, गुम्बा, चैत्य लगायत धार्मिक स्थल बन्द गरिएकामा आपत्ति जनाएको छ । महासङ्घले भौतिक दूरी कायम राखी सांस्कृतिक स्थल खुला गर्न माग गरेको छ ।

विश्व सम्पदा सूचीमा सूचीकृत काठमाडौँको बौद्धमा रहेको बौद्धनाथ स्तुप । तस्बिर: नवीन पौडेल

महाङ्घका अध्यक्ष रामचन्द्र अधिकारी र महासचिव गणेशप्रसाद न्यौपानेले शुक्रबार विज्ञप्ति जारी गरी अन्य क्षेत्र भौतिक दूरी कायम गरी खुलाउने तर मठ, मन्दिर, गुम्बा, चैत्य जस्ता स्थल बन्द गरिरहने सरकारको नीतिप्रति आपत्ति जनाएको हो ।

बौद्धनाथ, स्वयम्भूनाथ, पशुपतिनाथलगायत मुख्य धार्मिक स्थलमा दर्शन एवं पूजा आराधना गर्न चैतदेखि निषेध गरिएको छ । पशुपति क्षेत्र विकास कोषले दूरी कायम गरी मन्दिर खुलाउन साउनमै मापदण्ड बनाएपनि सरकारले खोल्ने अनुमति दिएको छैन ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.