माताको परिक्रमा गर्दै सेतो मच्छेन्द्रनाथ

काठमाडौँको तीनधारा पाठशालाबाट सेतो मच्छिन्द्रनाथको रथ यात्रा गर्दै स्थानीय जात्रालु तथा गुठीयारहरु । तस्बिर: रत्न श्रेष्ठ

काठमाडौँ, ३ वैशाख : वर्षा र सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथलाई लगनटोलमा रहेकी आमा (माँ सीमा)लाई तीन पटक घुमाइएको छ ।

सोमबार हनुमानढोकाबाट लगनटोल पु¥याइएको रथलाई आज दिनभर पूजा एवं दर्शनका लागि राखी बेलुकी माताको परिक्रमा गराइएको रथ व्यवस्थापन समितिका अध्यक्ष एवं काठमाडौँ महानगरपालिका–२५ का वडाध्यक्ष नीलकाजी शाक्यले जानकारी दिनुभयो ।

सोमबार रथ लगन पु¥याएपछि जीवित देवी कुमारीलाई पनि मच्छेन्द्रनाथको दर्शन गराइएको थियो । बुधबार बिहान भक्तजनले नै लगनटोलमा रथ तान्ने छन् । बेलुकी लगनमै विशेष पूजा गरेर सानो रथमा राखी पुजारीले मच्छेन्द्रबहालस्थित मन्दिरमा प्रवेश गराउँछन् ।

बिहीबार बिहान क्षमा पूजा गरी मच्छेन्द्रनाथको मूर्तिलाई पुरानै स्थानमा राखेपछि यो जात्रा समाप्त हुन्छ । चैत शुक्ल नवमीका दिन दरबामार्गस्थित तीनधारा पाठशालाबाट रथयात्रा शुरु गरिएको हो । त्यस दिन रथलाई असनमा पु¥याइएको थियो । रथ असनमा पु¥याइएको राति नै राष्ट्रपति विद्यादेवी भण्डारीले सेतो मच्छेन्द्रनाथको दर्शन गर्नुभएको थियो । प्राचीन कालदेखि नै सेतो मच्छेन्द्रनाथको रथ यात्रा असन पु¥याएपछि राष्ट्राध्यक्षले दर्शन गर्ने परम्परा छ ।

दोस्रो दिन रथ हनुमानढोका लगी तेस्रो दिन लगन पु¥याउने परम्परा रही आएको छ । सत्रौँ शताब्दीमा शुरु भएको रथ यात्रा काठमाडौँ उपत्यकाको प्राचीन सभ्यता मानिन्छ । रथ यात्राले धार्मिक सहिष्णुता र राष्ट्रिय एकतामा सहयोग पुग्ने समितिले जनाएको छ । सेतो मच्छेन्द्रनाथको रथ तानेर रात्रि विश्राम गर्ने स्थलमा भक्तजनको भीड लाग्ने गर्छ ।

रथयात्रा गरेपछि वर्षा हुने र अनिकाल हटी सहकाल प्राप्त हुने धार्मिक विश्वास छ । यस्ता जात्राले नेपालको सभ्यता र संस्कृतिलाई भावी सन्ततिसम्म जीवित राख्ने विश्वास छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.