संस्कृति संंरक्षण गर्न देउसी भैलो खेल्दै काम्यक स्कुल

काठमाडौँ, २० कात्तिक राजधानीको बागबजार स्थित काम्यक स्कुलले देउसी भैलो कार्यक्रमको आयोजना गरेको छ ।

आधुनिक प्रविधि विकाससँगै पछिल्लो समय नयाँ पुस्ताले आफ्नो संस्कृति र परम्परा बिर्सदै गैरहेको हुनाले संस्कृति जोगाउन काम्यक स्कुलले त्यसको संरक्षणमा गर्न बिद्यार्थी, अभिभावक र स्थानीयको सहभागीतामा देउसी भैलो खेलेका छन ।

अभिभावक तथा स्थानीय जनसमुदायसँग सामिप्यता बढाउन, आपसी सद्भाव र शुभकामना आदान प्रदान गर्ने उद्देश्यले विगत चार बर्ष देखि देउसी भैलो कार्यक्रमको आयोजना गरिएको स्कुलका सहप्रध्यानापक हरि प्रसाद भट्टराईले बताउनु भयो ।

खासगरी अहिलेका नयाँ पुस्ताहरुले आधुनिकताको विकास सँगसँगै मौलिक चाडपर्वहरु बिर्सदै गएकाले उनीहरुलाई आफ्नो धर्म संस्कृति तथा चाडपर्वहरु मनाउन प्रेरित गर्न र संस्कृति संरक्षणतर्फ आकर्षित गर्न देउसी भैलोको आयोजना गरिएको बिद्यालयका अध्यक्ष धनेश्वर राउतले बताउनुभयो ।

बिद्यार्थी, अभिभावक, शिक्षक, शिक्षिका र स्थानीयवासीको सहभागीतामा आज र भोली देउसी भैलो खेलिने अध्यक्ष राउतले बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.