देशीविदेशी शक्ति सरकार ढाल्ने खेलमा छन् : अध्यक्ष केसी

बुटवल, १ असोज : राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले देशीविदेशी शक्ति सरकार ढाल्ने खेलमा लागेको बताउनुभएको छ ।

प्रगतिशील पत्रकार सङ्घ रुपन्देहीले आयोजना गरेको पत्रकार भेटघाटमा उहाँले कञ्चनपुरको निर्मला हत्याकाण्डलाई मुद्दा बनाएर देशीविदेशी शक्ति सरकार ढाल्ने खेलमा लागेको आरोप लगाउनुभयो ।

“पुरानो कर्मचारी संयन्त्रबाट नयाँ कामको अपेक्षा राख्नु नै गलत हो”, अध्यक्ष केसीले भन्नुभयो, “सरकारले सामान्य सुधारात्मक काम मात्रै गरे पनि धेरै हुन्छ ।”

उहाँले दुई तिहाइ अवस्थामा रहेको सरकारले अझै पनि सुशासन दिन सक्षम हुनुपर्नेमा जोड दिँदै महँगी नियन्त्रण, भ्रष्टाचारीलाई कारवाही र सुशासन आम नेपाली नागरिकले चाहेको बताउनुभयो ।

अध्यक्ष केसीले एकात्मक प्रणालीभित्र पनि प्रदेश हुन सक्ने सम्भावना रहेको उल्लेख गर्दै प्रदेशको खर्च स्थानीय तहलाई दिएर बलियो बनाउन सकिने सुुझाव दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2025. All Rights Reserved.