के छ बहुचर्चित एमसिसी सम्झौतामा ? (सम्झौताको पूर्ण विवरण)

टेकनाथ न्यौपाने । काठमाडौँ, १० फागुन : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालको संयोजकत्वमा गठित अमेरिकी सरकारको सहायता कोष मिलेनियम च्यालेञ्ज कोअपरेसन (एमसिसी) अध्ययन गर्न बनेको नेकपाको कार्यदलले शुक्रबार प्रतिवेदन पेस गरेपछि फेरि एकपटक एमसिसीको चर्चा एकाएक चुलिएको छ ।

२०७४ साल भाद्र २९ गते (सेप्टेम्बर १४, २०१७) संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको तर्फबाट अर्थ मन्त्रालय तथा संयुक्त राज्य अमेरिकाको तर्फबाट (मिलेनियम च्यालेन्ज कर्पोरेसन)बीच सम्पन्न मिलेनियम च्यालेन्ज सम्झौता (कम्प्याक्ट) भएको सम्झौता भएको थियो ।

मन्त्रालयका तर्फबाट अर्थ मन्त्री ज्ञानेन्द्र बहादुर कार्की र एमसिसीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत (कायममुकायम) जोनाथन जि. नाशबीच सम्झौता भएको थियो ।

उक्त सम्झौताको सत्तारुढ दल नेकपा र प्रतिपक्षी दलका नेता तथा सांसदहरुको नै व्यापक असन्तुष्टि बढेपछि नेकपाले सम्झौताको अध्ययन गर्न कार्यदल बनाएको थियो ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको उपस्थितीमा पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाललाई कार्यदलका संयोजक नेकपा वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले शुक्रबार प्रतिवेदन बुझाउनु भएको थियो । अध्ययन कार्यदलमा नेकपाका नेता तथा पूर्वमन्त्री भीम रावल र परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली हुनुहुथ्यो ।

बहुचर्चित एमसिसी सम्झौतामा त्यस्तो केछ भनि व्यापक जनचासो बढेपछि मिडिया मिसन नेपाललाई प्राप्त सम्झौताको मस्यौदा प्रस्तुत गरेका छौँ ।

के छ एमसिसीमा ?

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.