मदन भण्डारीको ‘शालिक’ तथा ‘मदन स्मृति पार्क’ निर्माण

धुलिखेल नगरपालिका ११ काभ्रेभञ्ज्याङमा बागमती प्रदेश सरकार र धुलिखेल नगरपालिकाको संयुक्त लगानीमा निर्माण गरिएको जननेता स्वर्गीय मदन मण्डारीको शालिक तथा मदन स्मृति पार्क । तस्वीर: पेमा लामा

बनेपा, ६ फागुन : धुलिखेल नगरपालिका–११ काभ्रेभञ्ज्याङमा जननेता मदन भण्डारीको ‘शालिक’ तथा ‘मदन स्मृति पार्क’ निर्माण गरिएको छ ।

वाग्मती प्रदेश सरकार र धुलिखेल नगरपालिकाको रु २५ लाखको संयुक्त लगानीमा जननेता मदन भण्डारीको शालिक तथा मदन स्मृति पार्क निर्माण गरिएको हो ।

वाग्मती प्रदेशको रु १५ लाख र नगरपालिकाको रु १० लाख गरी कूल रु २५ लाखको लगानीमा शालिक तथा पार्क निर्माण गरिएको धुलिखेल नगरपालिका–११ का वडाध्यक्ष विष्णु धितालले बताउनुभयो । करिब पाँँच रोपनी क्षेत्रफलमा निर्माण भएको सो पार्कलाई थप व्यवस्थित पार्ने कार्यलाई अगाडि बढाइसकेको उहाँले बताउनुभयो ।

बिपी राजमार्ग र ऐतिहासिक एवं धार्मिकस्थल नमोबुद्ध जाने काभ्रेभञ्ज्याङ चोक सबैका लागि उपयुक्त हुने भएकाले नगरपालिकाको योजना अनुरुप प्रदेश सरकारको रु १५ लाख बजेट व्यवस्थापन गरी शालिक तथा पार्क निर्माणको कार्यलाई सहयोग गरेको वाग्मती प्रदेशसभा सदस्य चन्द्र लामाले बताउनुभयो ।

धुलिखेल नगरपालिका प्रमुख अशोककुमार ब्याञ्जु श्रेष्ठले आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन र मनोरञ्जन प्रदान गर्नका लागि नगरपालिकाभित्र २६ वटा पार्क निर्माण गरिसकेको बताउनुभयो । धुलिखेलको देवीस्थान डाँडामा रु पाँच करोडको लागतमा पार्क निर्माण भइरहेको उल्लेख गर्दै उहाँले प्रत्येक महिना एउटा पार्क उद्घाटन गरेर ‘नेपाल भ्रमण वर्ष सन् २०२०’ भरिमा नयाँ १२ वटा पार्क निर्माण गर्ने योजनामा रहेको जानकारी दिनुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओली काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका ११ काभ्रेभञ्ज्याङमा निर्मित जननेता स्वर्गीय मदनभण्डारीको शालिक अनावरण गर्दै । तस्वीर: पेमा लामा
प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.