छविलाल पौडेल डिल्लीबजार कारागारबाट रिहा

काठमाडौँ, २५ भदौ : गोरखा फुजेलका कृष्णप्रसाद अधिकारी हत्यासम्बन्धी मुद्दामा चितवन जिल्ला अदालतले प्रतिवादीहरूलाई सफाइ दिएसँगै छविलाल पौडेल आज डिल्लीबजार कारागारबाट रिहा हुनुभएको छ ।

जिल्ला न्यायाधीश कुलप्रसाद शर्माको इजलाशले आइतबार अधिकारी हत्यासम्बन्धी मुद्दाका प्रतिवादीलाई सफाइ दिनुका साथै पौडेललाई पनि रिहा गर्नू भनी डिल्लीबजार कारागारलाई निर्देशन दिएको थियो ।

रिहा भएपछि पौडेललाई कारागार परिसरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य एवं गोरखा क्षेत्र नं १ का सांसद हरिराज अधिकारीले स्वागत गर्नुभएको थियो । त्यस्तै नेकपाका नेता÷कार्यकर्ताले पौडेल रिहा भएको खुसीयालीमा करागार परिसरबाट बाजागाजासहितको ¥याली निकालेका थिए ।

कृष्णप्रसादको विसं २०६१ जेठ २४ मा हत्या भएको थियो । प्रवेशिका परीक्षा दिएर पूर्वी चितवनको जयमङ्गलामा हजुरबुबा भेट्न आएका समयमा अपहरणपछि रत्ननगरको बकुलहरमा उनको हत्या भएको थियो । उक्त अदालतको प्रारम्भिक आदेशविरुद्ध तत्कालीन पुनरावेदन अदालत हुँदै सर्वाेच्च अदालतमा समेत निवेदन पुगेपछि छविलाललाई थुनामा राख्नुपर्ने आदेश भएको थियो । सोही आदेशानुसार गत असार २४ गते उहाँ सर्वाेच्च अदालतसमक्ष हाजिर हुनुभएपछि डिल्लीबजार कारागार चलान गरेको थियो ।

कारागारबाट रिहा भएलगत्तै पौडेलले पत्रकारसमक्ष उक्त घटनामा ‘‘आफूविरुद्ध तथ्य नबुझेरै उजुरी दिएको, उनीहरुलाई पछुतो नहोस्’’ भन्ने प्रतिक्रिया दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2025. All Rights Reserved.