प्रधानमन्त्री ओलीसँग भारतका पूर्व प्रमको शिष्टाचार भेट

काठमाडौँ, २२ भदौ : प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतका पूर्वप्रधानमन्त्री एचडी देवेगौडाले शिष्टाचार भेट गर्नुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ भएको सो भेटमा प्रधानमन्त्री ओलीले नेपाल र भारतका प्रधानमन्त्रीले एकअर्का मुलुकमा गरेको भ्रमणले द्विपक्षीय हित र सम्बन्धलाई अझ गाढा बनाएको बताउनुभएको थियो । प्रधानमन्त्री ओलीले दुई देशका प्रधानमन्त्रीको भ्रमणबाट जलमार्ग, रेलमार्ग र र कृषिका क्षेत्रमा उल्लेख्य उपलब्धि हासिल भएको बताउनुभयो ।

सो अवसरमा देवेगौडाले प्रधानमन्त्री ओलीको भारत भ्रमणको स्मरण गर्दै यसले नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पु¥याएको बताउनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । भारतीय पूर्वप्रधानमन्त्री देवेगौडाले नेपालले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) सम्मेलन सफलतापूर्वक सम्पन्न गरेकामा प्रधानमन्त्री ओलीलाई बधाइ तथा धन्यवाद दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2025. All Rights Reserved.