धरौटी रकम नतिरेपछि चन्दका कार्यकर्ता कारागारमा 

हेटौँडा, २७ जेठ : नेत्रविक्रम चन्द नेतृत्व समूहका तीन कार्यकर्तालाई भीमफेदी कारागारमा चलान गरिएको कारागारले जनाएको छ । चन्द समूहका मकवानपुरका इञ्चार्ज वीरबहादुर घलानसहित प्रहरीले पक्राउ गरेका अन्य दुई कार्यकर्तालाई विभिन्न समयमा जिल्ला अदालत मकवानपुरले कारागार पठाएको हो ।

घलानलाई जिल्ला अदालत मकवानपुरले गत जेठ १३ गते कारागार पठाएको थियो । जिल्ला न्यायाधीश ध्रुवकुमार पियाको एकल इजलाशले रु २५ हजार धरौटी लिइ उनलाई तारेखमा छोड्न आदेश गरेको भए पनि घलानले सो धरौटी रकम नतिरेपछि कारागार पठाइएको हो ।

त्यसैगरी अदालतले चन्द समूहका मकवानपुरका आर्थिक विभाग प्रमुख सूर्य अर्याल र कार्यकर्ता राजकुमार पाख्रिनलाई पनि हिजो जेठ २६ गते कारागार पठाएको छ । जिल्ला न्यायाधीश षडानन्द तिवारीको एकल इजलाशले उनीहरुलाई रु पाँच/पाँच हजार धरौटी लिइ तारेखमा छोड्न आदेश गरे पनि उनीहरुले सो धरौटी रकम नतिरेपछि कारागार चलान गरिएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

Contact us
Address :
Durbarmarga, Kathmandu Nepal
Contact No:
9851155800, 9861155800
Email:
mediamissionnepal@gmail.com
info@mediamissionnews.com
DOIB Regd No.: 905/075/076
PAN: 606662442
OCR Regd No.: 193288/075/076
Run by Media Mission Nepal Pvt. Ltd.
About us
Chairperson/Editor-in-Chief:
Teknath Neupane
Editor:
Goma Bhandari
Managing Director:
Dr. Ganesh Prasad Acharya
© 2018 Mediamission
Designed By: Web House Nepal