‘जागरण अभियानले पार्टीमा नवीन ऊर्जा’ : सभापति देउवा

काठमाडौँ, २६ जेठ : नेपाली काङ्ग्रेसले सञ्चालन गरेको पहिलो चरणको ‘हिमाल, पहाड, तराई–मधेश नेपाली काङ्ग्रेसको राष्ट्रिय जागरण अभियान’ले पार्टीमा नवीन ऊर्जा अभिवृद्धि भएको जनाएको छ । पार्टी सभापति शेरबहादुर देउवाले आज जारी गर्नुभएको विज्ञप्तिमा वैशाख २५ गते शुरु भई यही जेठ २५ गते सम्पन्न भएको राष्ट्रिय जागरण अभियानले पार्टीका नेता तथा कार्यकर्तामा नवीन ऊर्जा अभिवृद्धि भई सम्पन्न भएको बताउनुभएको छ ।

काङ्ग्रेसको अभियानप्रति चासो प्रकट गर्दै शुभेच्छा राख्नुहुने स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइप्रति सम्मान प्रकट गर्दै गाउँ–गाउँसम्म पुगेर पार्टीको विचार सम्प्रेषण गर्ने केन्द्रीय प्रतिनिधिको क्रियाशीलताको सभापति देउवाले प्रशंसा गर्नुभएको छ । जागरण अभियानका क्रममा कुशल नेतृत्व गर्ने सबै जिल्ला सभापति र जिल्ला समिति, क्षेत्र, गाउँ–नगर समितिदेखि वडा र टोलसम्मका सबैलाई काङ्ग्रेसले बधाई ज्ञापन गरेको छ ।

काङ्ग्रेसले जागरण अभियानका क्रममा प्राप्त विभिन्न सुझाव ग्रहण गरेर पार्टीलाई सुदृढ र थप गतिशील बनाउँदै अघि बढाउने सङ्कल्प गरेको छ । सभापति देउवाले अधिनायकवाद उन्मुख वर्तमान सरकारका गतिविधिविरुद्ध थप जागरण बढाउँदै एकताबद्ध ढङ्गले अगाडि बढ्न सबैलाई अपिल गर्नुभएको छ । काङ्ग्रेसले लोकतान्त्रिक संविधानको रक्षा र संविधानप्रति अपनत्वको दायरा विस्तार गरी सङ्घीयताको सफल कार्यान्वयन गर्न÷गराउन दबाबको प्रभावकारी भूमिका निर्वाह गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

Contact us
Address :
Durbarmarga, Kathmandu Nepal
Contact No:
9851155800, 9861155800
Email:
mediamissionnepal@gmail.com
info@mediamissionnews.com
DOIB Regd No.: 905/075/076
PAN: 606662442
OCR Regd No.: 193288/075/076
Run by Media Mission Nepal Pvt. Ltd.
About us
Chairperson/Editor-in-Chief:
Teknath Neupane
Editor:
Goma Bhandari
Managing Director:
Dr. Ganesh Prasad Acharya
© 2018 Mediamission
Designed By: Web House Nepal