विदेशी धर्म भित्रनु विकास होइन : अध्यक्ष थापा

राष्ट्रिय प्रजातन्त पार्टीले हिन्दु राष्ट्र पुनःस्थापनाका लागि आयोजित दोस्रो चरणको मेची-माहाकाली राष्ट्रिय स्वाभिमानको यात्राका क्रममा शनिबार बागलुङमा आयोजित आमसभालाई सम्बोधन गर्दै राप्रपाका अध्यक्ष कमल थापा । तस्वीरः खेमराज गौतम ।

गलकोट, २५ जेठ : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले हिन्दू धर्मलाई मासेर विदेशी धर्म भित्र्याउनु कुनै विकास नभएको बताउनुभएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले हिन्दू राष्ट्र पुनःस्थापनाका लागि दोस्रो चरणको मेची–महाकाली राष्ट्रिय स्वाभिमानको यात्राका क्रममा आज बागलुङमा आउनुभएका थापाले ९४ प्रतिशत ओमकार परिवार भएको देशमा इसाइकरण हुनु देशका लागि ठूलो दुर्भाग्य भएको बताउनुभयो ।

पूर्वगृहमन्त्रीसमेत रहनुभएका थापाले जनताले ठूलो राजनीतिक परिर्वतन गराए पनि जनताको जीवन परिवर्तनको अनुभव गर्न नपाएको बताउनुभयो । देशमा अहिले सतहमा शान्ति भए पनि वास्तवमा शान्ति नआएको बताउँदै थापाले भन्नुभयो, “अहिलेको अवस्थामा धनी र गरीबको बीचमा झनै दूरी बढ्यो ।”

पैसाको लोभमा विदेशी धर्म भित्र्याएर समृद्ध नेपाल नबन्ने भन्दै अध्यक्ष थापाले स्वाभिमानपूर्वक बाँच्नका लागि हिन्दूराष्ट्रको विकल्प नरहेको दाबी गर्नुभयो । थापाले देशमा सनातन धर्मलाई मास्ने काम शुरु भएको भन्दै यसलाई खबरदारी गर्नका लागि मेची–महाकाली दोस्रो चरणको अभियान ल्याएको जानकारी गाउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

Contact us
Address :
Durbarmarga, Kathmandu Nepal
Contact No:
9851155800, 9861155800
Email:
mediamissionnepal@gmail.com
info@mediamissionnews.com
DOIB Regd No.: 905/075/076
PAN: 606662442
OCR Regd No.: 193288/075/076
Run by Media Mission Nepal Pvt. Ltd.
About us
Chairperson/Editor-in-Chief:
Teknath Neupane
Editor:
Goma Bhandari
Managing Director:
Dr. Ganesh Prasad Acharya
© 2018 Mediamission
Designed By: Web House Nepal