राष्ट्रियतामा गम्भीर बन्न अध्यक्ष केसीको आग्रह

काठमाडौँ, १ जेठ : राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले राष्ट्रियताका सवालमा सरकार गम्भिर बन्नुपर्ने बताउनुझएको छ । अनेरास्ववियु (छैटौंँ) ले आज ५४औंँ विद्यार्थी दिवसको अवसरमा आयोजना गरेको ‘राष्ट्रियतामाथिको सङ्कट र विद्यार्थी आन्दोलन’ विषयक अन्तर्क्रिया कार्यत्रममा उहाँले मुलुकमा कम्युनिष्ट पार्टीको शासन भएको बेला राष्ट्रियताका सवालमा कसैसँग झुक्न नहुने बताउनुभयो ।

मुलुकको राष्ट्रियता कमजोर बनाउने प्रयास गरिएकाले सरकार सचेत रहनुपर्ने अध्यक्ष केसीको भनाइ थियो । उहाँले नागरिकता वितरण गर्ने प्रणालीलाई कडाई गर्नुपर्ने बताउनुभयो । नागरिकता वितरण प्रणाली खुकुलो बनाएकाले भारतीयले समेत नेपाली नागरिकता लिएको अध्यक्ष केसीले उल्लेख गर्नुभयो ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य भीम रावलले अन्य मुलुकजस्तै नेपालमा पनि नागरिकता वितरणमा कडाई गर्नुपर्ने बताउनुभयो । उहाँले नागरिकता वितरणमा कडाई नगरे मुलुकको राष्ट्रियतामा गम्भिर असर पर्ने बताउनुभयो । कम्युनिष्ट पार्टीको विधि विधानलाई टेकेर नै आफूले राष्ट्रियताका सवालमा आवाज उठाउँदै आएको नेता रावलको भनाइ थियो । “माध्यमिक तहको पाठ्यक्रममा राष्ट्रियताको विषय समेटिएको विषयवस्तु समावेश गर्नुपर्छ”, उहाँले भन्नुभयो ।

कार्यक्रममा अखिल (छैटौँ)का अध्यक्ष विमल पोखरेलले कार्यपत्र प्रस्तुत गर्दै राष्ट्रियताको रक्षार्थ विद्यार्थीले खेलेको भूमिका उल्लेखनीय रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

Contact us
Address :
Durbarmarga, Kathmandu Nepal
Contact No:
9851155800, 9861155800
Email:
mediamissionnepal@gmail.com
info@mediamissionnews.com
DOIB Regd No.: 905/075/076
PAN: 606662442
OCR Regd No.: 193288/075/076
Run by Media Mission Nepal Pvt. Ltd.
About us
Chairperson/Editor-in-Chief:
Teknath Neupane
Editor:
Goma Bhandari
Managing Director:
Dr. Ganesh Prasad Acharya
© 2018 Mediamission
Designed By: Web House Nepal