तत्कालीन नयाँ शक्तिका केन्द्रीय सदस्य सीमा विक नेकपामा प्रवेश

काठमाडौँ, २५ वैशाख : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाँकी रहेका पार्टी एकताको काम अन्तिम चरणमा पुगेको बताउनुभएको छ । तत्कालीन नयाँ शक्ति नेपालका केन्द्रीय सदस्य सीमा विकलाई पार्टी मुख्यालय धुम्बाहारीमा पार्टी प्रवेश गराउँदै उहाँले बाँकी रहेका पार्टी एकताको काम अन्तिम चरणमा पुगेको बताउनुभयो ।

‘‘आज मात्र हामीले पार्टी एकताको काम एक कदम अगाडि बढ्ने गरी गरेका छौँ’’, उहाँले भन्नुभयो, ‘‘पोलिटब्यूरो, जनवर्गीय सङ्गठनको एकता र केन्द्रीय सदस्यको कार्यविभाजनको केही दिनमा टुङ्ग्याएर हामी सार्वजनिक गर्दछौँ ।’’

अध्यक्ष दाहालले एउटै कम्युनिष्ट पार्टी बनाएर मुलुकलाई समृद्धितर्फ लैजाने पार्टी लागिपरेको समेत बताउनुभयो । २०१९ सालबाट विभाजित कम्युनिष्ट दुई ठूला कम्युनिष्ट पार्टी एक भएपछि एकीकृत कम्युनिष्ट पार्टी बनेको उल्लेख गर्नुभयो । उहाँले नेकपामा प्रवेश गर्नेको लहर देशव्यापी रुपमा बढेको बताउनुभयो । ‘‘पार्टीमा जोडिनका लागि थुप्रैसँग सम्पर्क भइरहेको छ । हामी पनि यही पार्टीमा जोडिन चाहन्छौँ भनेर देशभरबाट खबर आइरहेका छन्’’, उहाँले भन्नुभयो, ‘‘केही दिनमा ठूला, साना कम्युनिष्ट पार्टी नेकपामा जोडिन आउनेछन् । पार्टीलाई अझ पूर्णता बनाउने हो ।’’

अध्यक्ष दाहालले पार्टी एकता देखेर के गरेर बिथोल्न सकिन्छ र के गरेर नेताबीच कचिङ्गल गर्न सकिन्छ भनेर प्रयास भइरहेको भन्दै ती प्रतिक्रियावादीका भ्रमलाई परास्त गदै पार्टी एकतालाई अगाडि बढाइने जानकारी गराउनुभयो । उहाँले कम्युनिष्ट आन्दोलन मुलुकमा समाजवादको आधार निर्माण गर्ने कडीका रुपमा रहेको बताउनुभयो । उहाँले विगतको अनुभवको समीक्षासहित जनताको चाहना तथा उत्साह हुने गरी नीति तथा कार्यक्रममा समेटिएका कुरालाई आधार बनाएर बजेट बनाइने बताउनुभयो ।

विकलाई अध्यक्ष दाहालले टीकामाला लगाई पार्टी प्रवेश गराउनु भएको थियो । विकले नेकपाको सिद्धान्त विचारले नै मुलुकलाई सही दिशा दिने भएकाले प्रवेश गरेको बताउनुभयो । उहाँ जनमुक्ति पार्टीबाट दोस्रो संविधानसभा सदस्य रहनुभएको थियो ।

पार्टी प्रवेश कार्यक्रममा नेकपाका महासचिव विष्णुप्रसाद पौडेल सहभागी हुनहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

Contact us
Address :
Durbarmarga, Kathmandu Nepal
Contact No:
9851155800, 9861155800
Email:
mediamissionnepal@gmail.com
info@mediamissionnews.com
DOIB Regd No.: 905/075/076
PAN: 606662442
OCR Regd No.: 193288/075/076
Run by Media Mission Nepal Pvt. Ltd.
About us
Chairperson/Editor-in-Chief:
Teknath Neupane
Editor:
Goma Bhandari
Managing Director:
Dr. Ganesh Prasad Acharya
© 2018 Mediamission
Designed By: Web House Nepal