राप्रपाद्वारा देशभर धर्ना

काठमाडौँ, २८ चैत : राष्ट्रिय प्रजातन्त्र पार्टीले हिन्दूराष्ट्रको पुनःस्थापना, सर्वपक्षीय गोलमेच सम्मेलन, सङ्घीयताबारे जनमतसङ्ग्रहलगायत माग गर्दै देशभर आज धर्ना दिएको छ ।

काठमाडौँमा सिंहदरबार, प्रदेशमा मुख्यमन्त्रीको कार्यालय र जिल्लाहरुमा जिल्ला प्रशासन कार्यालयमा धर्ना दियो । सो क्रममा पार्टी अध्यक्ष कमल थापाले काठमाडौँ महानगरपालिका, वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ र उपाध्यक्ष टङ्क ढकालले सूर्यविनायक नगरपालिका, उपाध्यक्ष प्रेमबहादुर भण्डारीले कोहलपुर नगरपालिका, उपाध्यक्ष भीमप्रसाद गौचनले बेनी नगरपालिका, महामन्त्री राजेन्द्र लिङ्देनले हल्दिबारी गाउँपालिका, महामन्त्री डा धवलशम्शेर राणाले नेपालगञ्ज उपमहानगरपालिका र महामन्त्री भास्कर भद्राले महालक्ष्मी नगरपालिकामा धर्नाको नेतृत्व गर्नुभएको प्रवक्ता भुवन पाठकले जानकारी दिनुभयो ।

मागका पक्षमा जनमत बनाउन तथा स्थानीय तहमा भ्रष्टाचार बढेको र भ्रष्टाचार विकेन्द्रित हुँदै गएको भनी आज देशैभरका स्थानीय तहमा धर्ना कार्यक्रम घोषणा गरिएको पार्टीले जनाएको छ । पार्टीले तीन हप्ताअघिदेखि हिन्दूराष्ट्रका लागि हस्ताक्षर अभियान पनि सञ्चालन गरिरहेको छ ।

पार्टीले आगामी वैशाख ४ र ५ गते देशव्यापी घरदैलो कार्यक्रम, वैशाख ६ गते हिन्दूराष्ट्रका पक्षमा गतिविधि सञ्चालन र वैशाख ८ गते राजमार्ग र चोकमा शान्तिपूर्ण सत्याग्रह गर्ने कार्यक्रम सार्वजनिक गरेको छ ।

यसैबीच राप्रपा (संयुक्त) ले आगामी वैशाखभित्र प्रदेशस्तरीय प्रशिक्षण र कार्यकर्ता भेला गर्ने कार्यक्रम राखेको नेता सुन्दर पाण्डेले जानकारी दिनुभयो । उक्त पार्टीले पनि हिन्दूराष्ट्र पुनःस्थापना, भ्रष्टाचारको अन्त्य, मूल्यवृद्धि नियन्त्रणलगायत माग गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
Contact us
Address :
Durbarmarga, Kathmandu Nepal
Contact No:
9851155800, 9861155800
Email:
mediamissionnepal@gmail.com
info@mediamissionnews.com
DOIB Regd No.: 905/075/076
PAN: 606662442
OCR Regd No.: 193288/075/076
Run by Media Mission Nepal Pvt. Ltd.
About us
Chairperson/Editor-in-Chief:
Teknath Neupane
Editor:
Goma Bhandari
Managing Director:
Dr. Ganesh Prasad Acharya
© 2018 Mediamission
Designed By: Web House Nepal