अनियमितता छानविन गर्न राप्रपा (संयुक्त) को माग

काठमाडौँ, २७ चैत : राष्ट्रिय प्रजातान्त्र पार्टी (संयुक्त)ले ३३ किलो सुन तस्करी, वाइड बडी विमान खरीदकाण्ड र बूढीगण्डकीको ठेक्का अनियमितताको छानविन गर्न माग गरेको छ ।

राजधानीमा आयोजित पत्रकार सम्मेलनमा स्थानीय तहमा भएका भ्रष्टाचारलाई महालेखाले हालै औँल्याएका कारण त्यसको छानविन गर्नुपर्ने माग गरेको पार्टीले जनाएको छ ।

अध्यक्ष पशुपति शम्शेर जवराले राष्ट्र निर्माणका विषयमा सबै राजनीतिक शक्तिबीच सहकार्य समन्वय गरी सहमति र सहकार्यमा साझा दृष्टिकोण बनाउनुपर्ने बताउनुभयो । दलबीचको एकताबाट सरकारले ल्याएको ‘समृद्ध नेपाल सुखी नेपाली’को अवधारणा पूरा हुने विश्वास व्यक्त गर्नुभयो ।

पार्टीका अर्का अध्यक्ष डा प्रकाशचन्द्र लोहोनीले सरकारले शान्तिसुरक्षा, सुशासन, आर्थिक र सामाजिक रुपान्तरणका कार्यलाई अगाडि बढाउन नसकेको अवस्थामा वैचारिक आधार राष्ट्रियता, प्रजातन्त्र र उदारवादका माध्यमबाट मुलुकलाई आधुनिकीकरण गर्न सकिने बताउनुभयो ।

पार्टीले जारी गरेको विज्ञप्तिमा यही चैत २५ गते कमल थापा नेतृत्वको राप्रपाले गरेको विरोध प्रदर्शनमा सरकारले गरेको शक्ति प्रयोगको विरोध गरिएको छ ।

निर्वाचन आयोगले हालै पार्टीलाई चुनाव चिह्न ‘हलो’ प्रदान गरी दर्ता गरेकाले मूलधारको संस्थापन पक्ष भएको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

Contact us
Address :
Durbarmarga, Kathmandu Nepal
Contact No:
9851155800, 9861155800
Email:
mediamissionnepal@gmail.com
info@mediamissionnews.com
DOIB Regd No.: 905/075/076
PAN: 606662442
OCR Regd No.: 193288/075/076
Run by Media Mission Nepal Pvt. Ltd.
About us
Chairperson/Editor-in-Chief:
Teknath Neupane
Editor:
Goma Bhandari
Managing Director:
Dr. Ganesh Prasad Acharya
© 2018 Mediamission
Designed By: Web House Nepal