काङ्ग्रेस बैठक स्थगन
काठमाडौँ, २३ चैत : नेपाली काङ्ग्रेको आज दिउँसो १ बजेका लागि निर्धारण गरिएको केन्द्रीय कार्यसमितिको बैठक अर्काे सूचना जारी नभएसम्मका लागि स्थगन भएको छ ।
दलका केन्द्रीय कार्यसम्पादन समिति गठनका लागि थप छलफल गर्न आवश्यक रहेको हँुदा आजको बैठक स्थगन गर्नुपरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो । नेकाले आजको बैठकले पार्टीको केन्द्रीय कार्यसम्पादन समिति र समसामयिक विषयमा निर्णय गर्ने अपेक्षा गरिएको थियो ।
नेपाली काङ्ग्रेसका २८ केन्द्रीय विभाग रहेकामा तेह्रौँ महाधिवेशन सम्पन्न भएको तीन वर्ष पुगिसक्दा पनि केन्द्रीय विभाग हालसम्म गठन हुन सकेका छैनन् ।
केन्द्रीय सभापतिको अध्यक्षतामा पदाधिकारी स्वतःपदेन सदस्य हुने र केन्द्रीय कार्यसम्पादन समिति ३१ सदस्य रहनेछ ।
