नयाँ शक्तिको जिल्ला कमिटी नेकपामा समाहित

जाजरकोट, २४ माघ : नयाँ शक्ति नेपाल पार्टीको जाजरकोट जिल्ला कमिटी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा समाहित भएको छ ।

कुशे गाउँपालिकास्तरीय नेकपाका अगुवा कार्यकर्ता भेलामा नयाँ शक्तिको जिल्ला अध्यक्षसहित कमिटी नै समाहित भएको हो । कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य नीरज आचार्यले नयाँ जनशक्तिका केन्द्रीय सदस्य एवं जिल्ला अध्यक्ष महेन्द्र शर्मालाई स्वागत गर्नुभयो । नयाँ शक्तिको ७५ सदस्यीय जिल्ला कमिटी थियो । आचार्यका अनुसार केही दिनभित्रै नयाँ शक्तिका कागजात र कार्यालयका सम्पत्ति नेकपालाई हस्तान्तरण गरिनेछ ।

सोही कार्यक्रममा दलित जनजाति पार्टीका प्रदेशसभाका समानुपतिक उम्मेदवार पवित्रा चदारा, नेपाली काङ्ग्रेसका राजेन्द्र हमाल र हृदयराम जैसी पनि नेकपा प्रवेश गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्
Contact us
Address :
Durbarmarga, Kathmandu Nepal
Contact No:
9851155800, 9861155800
Email:
mediamissionnepal@gmail.com
info@mediamissionnews.com
DOIB Regd No.: 905/075/076
PAN: 606662442
OCR Regd No.: 193288/075/076
Run by Media Mission Nepal Pvt. Ltd.
About us
Chairperson/Editor-in-Chief:
Teknath Neupane
Editor:
Goma Bhandari
Managing Director:
Dr. Ganesh Prasad Acharya
© 2018 Mediamission
Designed By: Web House Nepal