“नेपालको निर्वाचन कानुनी संरचना” समिक्षात्मक परामर्श कार्यक्रम सम्पन्न
काठमाडौँ, २८ साउन : राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिती (नियोक) को आयोजनामा “नेपालको निर्वाचन कानुनी संरचना” समिक्षात्मक परामर्श कार्यक्रम सम्पन्न भएको छ ।
उक्त परामर्श कार्यक्रममा नियोकका अध्यक्ष सुर्य प्रसाद श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पुर्व प्रमुख निर्वाचन आयुक्त एवम अध्यक्ष सुर्य प्रसाद श्रेष्ठ, प्रमुख निर्वाचन आयुक्त डा. अयोधी प्रसाद यादव, पुर्व प्रमुख निर्वाचन आयुक्तहरु भोजराज पोखरेल, निलकण्ठ उप्रेती, सम्बिधानविद काशीराज दहाल, नियोकका महासचिव डा. गोपाल कृष्ण सिवाकोटी समेतले बिचार राख्नु भएको थियो ।
अधिवक्ता बि. पि. अधिकारीले कार्यपत्र प्रस्तुत गर्नु भएको उक्त कार्यक्रममा नियोकका निर्देशक बिकल श्रेष्ठले सन्चानल गर्नु भएको थियो ।
कार्यक्रममा सहभागीहरुले समेत आ-आफ्ना बिचार राख्नु भएको थियो ।