मनाङेले भेटे सभामुख र मुख्यमन्त्री, शपथको माग

पोखरा, २३ पुस : प्रदेशसभामा मनाङबाट निर्वाचित स्वतन्त्र सदस्य राजीव गुरुङ (दीपक मनाङे)ले आफूलाई सपथ गराइनुपर्ने भन्दै आज गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारी र मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई भेट्नुभएको छ ।

प्रदेशसभा सदस्यमा निर्वाचित भए पनि पद तथा गोपनीयताको शपथ नलिएका मनाङे यही पुस पुस ६ गते सर्वोच्चको आदेशबाट जेल मुक्त हुनुभएको थियो । जेल मुक्त भएसँगै सपथ गराइनुपर्ने मागसहित उहाँले एक साता अघि प्रदेशसभा सचिवालयमा निवेदन दर्ता गराउनुभएको थियो ।

सपथ गराउन ढिलो भएको भन्दै उहाँले आज प्रदेशसभा सचिवालय पुगी सभामुख अधिकारीसँग भेट गर्नुभयो । भेटपछि उहाँले आफ्नो मागमा सभामुख सकारात्मक रहनुभएको प्रतिक्रिया दिनुभयो । आफ्नो सपथ नभए अन्तर्राष्ट्रिय अदालतसम्म जान सक्ने मनाङेले बताउनुभयो । मुख्यमन्त्री गुरुङसँग मनाङेले भेटे पनि मुख्यमन्त्री सपथका सम्बन्धमा केही बोल्नुभएन ।

प्रतिक्रिया दिनुहोस्
Contact us
Address :
Durbarmarga, Kathmandu Nepal
Contact No:
9851155800, 9861155800
Email:
mediamissionnepal@gmail.com
DOIB Regd No.: 905/075/076
PAN: 606662442
OCR Regd No.: 193288/075/076
Run by Media Mission Nepal Pvt. Ltd.
About us
Chairperson/Editor-in-Chief:
Teknath Neupane
Editor:
Goma Bhandari
Managing Director:
Dr. Ganesh Prasad Acharya
© 2018 Mediamission
Designed By: Web House Nepal