प्रदेश नं ५ प्रदेशसभाको बैठक मङ्सिर २६ गतेका लागि आह्वान

रुपन्देही, १८ मङ्सिर : प्रदेश नं ५ का प्रमुख उमाकान्त झाले आगामी मङ्सिर २६ गतेका लागि प्रदेशसभाको बैठक आह्वान गर्नुभएको छ ।

मुख्यमन्त्री शङ्कर पोखरेलको सिफारिशमा संविधानको धारा १८३ को उपधारा १ बमोजिम आगामी मङ्सिर २६ गते दिनको १ बजेका लागि प्रदेशसभाको बैठक आह्वान गर्नुभएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता कमलप्रसाद घिमिरेद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।

यसअघि सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको बैठक आह्वान गर्नका लागि प्रदेश प्रमुखलाई अनुरोध गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
Contact us
Address :
Durbarmarga, Kathmandu Nepal
Contact No:
9851155800, 9861155800
Email:
mediamissionnepal@gmail.com
DOIB Regd No.: 905/075/076
PAN: 606662442
OCR Regd No.: 193288/075/076
Run by Media Mission Nepal Pvt. Ltd.
About us
Chairperson/Editor-in-Chief:
Teknath Neupane
Editor:
Goma Bhandari
Managing Director:
Dr. Ganesh Prasad Acharya
© 2018 Mediamission
Designed By: Web House Nepal