मन्त्री तामाङद्वारा राजीनामा
कानून, न्याय तथा मामिलामन्त्री शेरबहादुर तामाङले आफ्नो पदबाट राजीनामा दिने घोषणा गर्नुभएको छ ।
सिंहदरबारस्थित मन्त्रालयमा पत्रकार सम्मेलन गरी उहाँले बंगलादेशमा चिकित्सा शिक्षा पढ्न जाने नेपाली विद्यार्थीका सम्बन्धमा आफूले दिएको अभिव्यक्ति विवादित भएकाले नैतिकताका आधारमा प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा दिने घोषणा गर्नुभएको हो ।
आफ्नो चारमहीने कार्यकालको उपलब्धिबारे अवगत गराउँदै उहाँले आफू जहाँ रहे पनि सरकारको ‘समृद्ध नेपाल र सुखी नेपाली’को अभियानमा सहयोगी रहने बताउनुभयो ।
तामाङ्गले पत्रकार सम्मेलनमा पत्नी उषाकला राई सहित भावुक मुद्रामा आफ्ना कुराहरु राख्नु भएको थियो