पूर्ब सांसद पंगेनीको निधन

नेपाली काङ्ग्रेस स्याङ्जा जिल्ला सभापति एबम पूर्ब सांसद कमल पंगेनीको आइतबार निधन भएको छ ।

पंगेनीको हृदयघातबाट आज विहान असामयिक निधन भएको हो ।

स्वास्थ्यमा अकस्मात समस्या आएपछि आज बिहान ६.०० बजे स्याङजास्थित कालिका सामुदायिक अस्पताल हेलुमा उपचारार्थ लगिएकोमा उपचारकै क्रममा ६.३० बजे उहाँको निधन भएको हो ।

पंगेनी २०७० सालको संविधानसभा निर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट स्याङ्जा क्षेत्र नं २ बाट संविधानसभा सदस्य पदमा निर्वाचित हुुनुभएको थियो ।

ऐतिहासिक जनआन्दोलन २०४६ र गणतान्त्रिक/प्रजातान्त्रिक लगायतका आन्दोलनमा अहं भूमिका निर्वाह गर्नुभएका पंगेनी नेका स्याङ्जा जिल्ला कार्यसमितिका सभापति र समाजसेवीसमेत हुनुहुन्थ्यो ।

२०७० सालमा स्याङ्जाबाट प्रत्यक्ष निर्वाचित सांसद ५५ वर्षीय पंगेनी २०३५ सालदेखि राजनीतिमा सक्रिय थिए। पंगेनीका श्रीमती, एक छोरी र एक छोरा  छन्।

नेपाली काँग्रेस स्याङजाको तीन कार्यकालसम्म सभापति बन्नुभएका पूर्वसभासद पंगेनीको शवलाई श्रद्धाञ्जलिका लागि आज नेपाली काँग्रेस स्याङजाको पार्टी कार्यालयमा राखिने र भोलि अन्येष्टि गरिने काँग्रेस स्याङजाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.