नेपालको कम्युनिष्ट एकता दूरगामी घटना : महासचिव पौडेल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काभ्रे जिल्ला कमिटीले बनेपामा दशैँ, दीपावली, नेपाल सम्बत, छठ र ल्होछारको अवसरमा आयोजना गरिएको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै नेकपाका महासचिव विष्णुप्रसाद पौडेल । तस्बिर: पेमा लामा, बनेपा

बनेपा, २० कात्तिक : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेलले नेपालको कम्युनिष्टहरुको एकता दूरगामी महत्वको घटना भएको बताउनुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काभ्रेपलाञ्चोक जिल्ला कमिटीले बनेपामा आयोजना गरिएको शुभकामना आदान÷प्रदान तथा चियापान कार्यक्रममा उहाँले पूर्वनेकपा माओवादी केन्द्र र नेकपा एमालेबीचको एकता नेपालका कम्युनिष्ट आन्लदोनप्रति जानकारी तथा रुचि राख्ने संसारका प्रगतिवादी देशले जिज्ञासा राख्ने गरेको उल्लेख गर्नुुभयो ।

मङ्सिर महीनाभित्रमा सबै तहका पार्टी सङ्गठन एकता गरिसकिने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले आगामी मङ्सिरको दोस्रो सातासम्ममा प्रदेशअन्तर्गतका पार्टी कमिटी घोषणा गरिसक्छौँ ।” पार्टीका नेता कार्यकर्तालाई उपयुक्त जिम्मेवारी दिएर एकता हुने उहाँको भनाइ थियो । पार्टीको केन्द्रीय योजनाअनुसार कामकार्वाही गर्न सबै नेता तथा कार्यकर्तालाई महासचिव पौडेलले निर्देशनसमेत दिनुभयो । उहाँले सरकारको कामको नराम्रो टिप्पणीको पछि नलाग्न आग्रह गर्दै सरकारले राम्रो काम गरेको र राम्रो नतिजा दिने ठोकुवा गर्नुभयो ।

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारले अहिले देशको दिगो विकासको जग हालिरहेको बताउनुभयो । उहाँले तीन तहको सरकारले त्यही ढङ्गले विकासका काममा लगानी गरिरहेकाले विकासको कामले गति लिइरहेको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.