प्रस्तावित प्रधानन्यायधीश जोशी अस्वीकृत

प्रस्तावित प्रधानन्यायधीश दिपकराज जोशीलाई संसदीय सुनुवाई विशेष समितिले अस्वीकृत गरेको छ । दुई तिहाई बहुमतको आधारमा जोशीको नाम अस्वीकृत भएको हो ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले बैठक बहिष्कार गरेपछि जोशीको पक्षमा एक भोट पनि खसेन् ।

संसदीय सुनुवाई समितिबाट नाम अनुमोदन नहुने जोशी पहिलो प्रस्तावित प्रधानन्यायाधीश हुन् ।

अन्ततः लामो समयसम्म अनिर्णित रहेको संसदीय समितिको बैठकले उनलाई प्रधानन्यायाधिश हुनबाट रोकेको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2025. All Rights Reserved.