न्यौपाने र ठकुरीलाई सम्मान

काठमाडौँ, ११ कात्तिक : नेपाली काङ्ग्रेस भक्तपुरका वयोवृद्ध नेताद्वय लेखनाथ न्यौपाने र  रामबहादुर ठकुरीलाई विशेष सम्मान प्रदान गरिएको छ । सम्मानित हुनुहुने ठकुरी र न्यौपाने नेपाली काङ्ग्रेस, भक्तपुरका पूर्व सभापति हुनुहुन्छ ।

जहानीया राणशासन, पञ्चायती व्यवस्था र राजतन्त्रका विरुद्ध अनवरत सङ्घर्ष गर्नुभई प्रजातन्त्र र लोकतन्त्रको स्थापनाका लागि अतुलनीय योगदान पु¥याएको ठहर गर्दे नेपाली काङ्ग्रेस भक्तपुर क्षेत्र नं २ क्षेत्रीय समितिले उहाँहरुलाई सम्मान गरेको हो । नेपाली काङ्ग्रेसका उपसभापति विमलेन्द्र निधिले दोसल्ला र कदरपत्र प्रदान गरी दुवै जनालाई सम्मान गर्नुभएको हो ।

सम्मानित हुनुे न्यौपाने यसअघि प्रतिनिधिसभाका सांसद हुनुहुन्थ्यो । उहाँ ८० वर्षको हुनुहुन्छ । भक्तपुरको दधिकोटमा उहाँको जन्म भएको हो । भक्तपुर क्षेत्र नं २ नेपाली काङ्ग्रेसले आयोजना गरेको क्षेत्रीय सम्मेलनमा न्यौपाने र ठकुरीलाई सम्मान गरिएको हो । सम्माननित हुनुहुने ९४ वर्षीय ठकुरी नेपाली काङ्ग्रेसका संस्थापक नेता बिपी कोइरालाका समकक्षी हुनुहुन्छ ।

उपसभापति निधिले प्रजातन्त्र र लोकतन्त्रका लागि योगदान पु¥याउनुहुने योद्धालाई पार्टीले सधैँ उच्च सम्मान र कदर गर्ने नीति लिएको बताउनुभयो । नेपाली काङ्ग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले न्यौपाने र ठकुरीको सम्मान गर्न पाउँदा खुशी लागेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.