पुसभित्र नयाँ संरचनामा कर्मचारी

काठमाडौँ, २९ असोज : सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले लोक सेवा आयोगको प्रादेशिक संरचना गठन नहुँदासम्म सङ्घीय आयोगले राष्ट्रसेवक कर्मचारीको भर्ना गर्ने बताउनुभएको छ ।

राजधानीमा आयोजित एक अन्तक्र्रिया कार्यक्रममा उहाँले संविधानले प्रदत्त गरेको स्थानीय, प्रदेश र सङ्घको अधिकारभन्दा बाहिर गएर गरिएका कार्य खारेज हुने बताउँदै कुनै पनि प्रदेशले अहिले कर्मचारी भर्ना गर्न नसक्ने बताउनुभयो ।

प्रशासनिक व्यवस्थापनका कार्य धेरै अगाडि बढिसकेको बताउँदै उहाँले तीन तहको सङ्गठन संरचना तयार गरी कर्मचारीलाई व्यवस्थित गरिने बताउनुभयो । मन्त्री पण्डितले भन्नुभयो, “मुलुकको नयाँ संरचनामा केन्द्रबाट तल्लो तहमा अधिकार जाने अभ्यास छ, कर्मचारी व्यवस्थित गर्नका लागि आवश्यक ऐन, नियम तर्जुमा भइरहेको छ ।”

उहाँले सङ्घीय निजामति विधेयक मन्त्रिपरिषद्मा छलफल भइरहेको जानकारी दिँदै आगामी पुस मसान्तभित्र राष्ट्रसेवक कर्मचारीलाई व्यवस्थित गर्न सकिने बताउनुभयो । तीन तहमा करीब रु एक लाख १९ हजार कर्मचारी आवश्यक हुने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.