काठमाडौं २ का उम्मेदवार मणिराम फुयाल : इमानका गुरु, पुग्छन् मतदाताका घरघरमै खुरुखुरु

काठमाडौं, २७ कार्तिक। मुलुकभर यतिखेर प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको रौनक छ । मंसिर ४ गते हुन गइरहेको निर्वाचनमा मत आफ्नो पक्षमा पार्न नेकपा एमाले, पाँच दलिय सत्ताधारी गठबनधन, राप्रपालगायत विभिन्न पार्टी र स्वतन्त्र उम्मेदवारहरु अहिले मतदाताका घर चहारिरहेका छन् ।

उम्मेदवारको भीडमा नेकपा एमालेले काठमाडौं क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यको लागि अन्य ठाउँको तुलनामा अलि फरक स्वभावका व्यतित्वलाई उम्मेदवार बनाएको छ । कम बोल्ने तर तार्किक प्रस्तुति भएको व्यतित्व हुनुहुन्छ मणिराम फुयाल । विगतमा शिक्षण र राजनीतिलाई सँगसँगै अगाडि बढाउनु भएका फुयाल एक कार्यकाल प्रदेशसभाको अनुभवसहित प्रतिनिधिसभामा उक्लिन लाग्नु भएको हो । सकेसम्म सबैलाई राम्रो गर्ने तर नराम्रो कसैलाई नगर्ने फुयालको बिशेषता हो ।

‘मैले पहिलादेखि नै भन्दै आएको छु, अहिले पनि दोहो¥याएर भन्छु– म समाजले, कानुनले गलत भनेका कुरा ज्यान गए पनि गर्दिन्’ फुयाल भन्नुहुन्छ– ‘राम्रो कुरा मेरो बुद्धि, विवेक र बर्कतले भएसम्म इमानका साथ गर्छु । नराम्रो नगरिदिए मात्रै पनि देश बन्छ क्या ।’ विक्रम संवत् २०२२ सालमा काठमाडौंको मूलपानीमा जन्मिनु भएका फुयाल शिक्षा शास्त्रमा स्नातकोत्तर तथा वाणिज्य शास्त्रमा स्नातक उत्तीर्ण हुनुहुन्छ । विद्यार्थी कालदेखि राजनीतिमा लाग्नु भएका फुयाल २०४९ सालदेखि शिक्षण पेशामा सक्रिय हुनुभयो ।

उहाँले २०६५ सालदेखि २०७३ चैत्रसम्म मूलपानीस्थित नेपाल राष्ट्रिय निर्माण माध्यमिक विद्यालयको प्रधानाध्यापक तथा प्राचार्यको जिम्मेवारी समेत सम्हाल्नुभयो । फुयाल मुलुकभरका सरकारी स्कुलको शैक्षिक स्तर खस्किरहेकै बेला अवस्था नेपाल राष्ट्रिय निर्माण माध्यमिक विद्यालयको प्रधानाध्यापक हुनु भएको थियोे । स्तर खस्किएको स्कुललाई उत्कृष्ट विद्यालय बनाउन सफल हुनुभयो । फुयालकै नेतृत्व र सक्रियतामा नेपाल राष्ट्रिय निर्माण माध्यमिक विद्यालय +२ तह बन्न सफल भएको हो । शिक्षण पेशा र प्रदेशसभा सदस्य रहकै बेला फुयालले काठमाडौं क्षेत्र नम्बर २ का विभिन्न ठाउँमा भौतिक सुधारका धेरै कार्य गर्नुभएको छ ।

‘जुन सुकै पेशा वा व्यवसायमा रहे पनि मान्छे इमानदार हुनुपर्छ, इमान्दार बन्नुपर्छ, बेइमान कसैलाई पनि गर्नु हुँदैन’ भन्ने फुयालको मान्यता छ । यही मान्यताकै कारण फुयाल मूलपानीमा मात्रै होइन, काठमाडौं क्षेत्र नम्बर २ मा नै ‘इमानका गुरु’ का रुपमा चिनिनु हुन्छ । तिनै ‘इमानका गुरु’ काठमाडौं क्षेत्र नम्बर २ नेकपा एमालेको प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेर मत माग्दै हिडिरहनु भएको छ खुरुखुरु । ‘इमानका गुरु’ फुयालले बासिन्दासँग मत मात्रै माग्नु भएको छैन्, समाजलाई इमानयुक्त बनाउन खबरदारी समेत गरिरहनु भएको छ ।

उपत्यकाको पूर्वी भेगस्थित काठमाडौं क्षेत्र नम्बर २ मा ८२ हजार ९ सय ७० मतदाता छन् । यो क्षेत्रमा महानगरपालिकाको वडा नम्बर ९ र ३२, कागेश्वरी मनोहरा नगरपालिकाको ४ देखि ९ र शंखरापुर नगपालिकाको सबै (१ देखि ९) वडा पर्दछ । यस क्षेत्रमा प्रतिनिधिसभाको लागि एमालेबाट फुयालको साथै सत्तारुढ गठबन्धनबाट माओवादी केन्द्रकी ओनसरी घर्ती र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कुन्ती पोखरेल प्रतिस्पर्धामा हुनुहुन्छ । राष्ट्रिय स्वतन्त्र पार्टीसहित विभिन्न दलका २० र अन्य १० उम्मेदवार समेत चुनावी मैदानमा होमिएका छन् ।

चुनावी अभियानमा एमाले उम्मेदवार फुयाल अन्य उम्मेदवार भन्दा फरक शैलीमा मुस्कानसहित प्रस्तुत हुँदै आउनु भएको छ । बासिन्दाको सजिलोको लागि फेरेनन् मोबाइल नम्बर अधिकाँश नेताहरु चुनाव जितेपछि मोबाइल नम्बर फेर्ने, कार्यकर्ता तथा बासिन्दासँग टाढा हुने गर्छन् । तर एमाले भने फुयाल भने त्यस्तो प्रवृतिको विरोध हुनुहुन्छ । उहाँले पहिलो पटक लिएको नेपाल टेलिकमको प्रिपेड नम्बर नै अहिलेसम्म प्रयोग गर्दै आउनु भएको छ । नेताले मोबाइल नम्बर फेरिरहँदा बासिन्दालाई गाह्रो हुने फुयालको भनाई छ ।

‘म विद्यालय चलाउँदा पनि विद्यार्थीले खोज्दा पनि पाउनुपर्छ, शिक्षकहरुले खोज्दा पनि पाउनुपर्छ, अभिभावकले खोज्दा पनि पाउनुपर्छ भने मोबाइल नम्बर ब्ल्याकबोर्डमा लेखेर टिपाउने हेडमास्टर हुँ’ उहाँ भन्नुहुन्छ – ‘त्यही नम्बर हो मैले अहिलेसम्म बोकेको । सेट फेरियो, नम्बर फेरिएन । किन भने मलाई खोज्ने त एउटा सर्कल बनिसकेको छ नी, उहाँहरुले खोज्दा पनि पाइन्न भने मोबाइल किन बोक्नु ? किन सार्वजनिक जिम्मेवारी लिनु ?’

२०४८ सालको संसदीय निर्वाचनमा तत्कालीन प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति कृष्णप्रसाद भट्टराई समेत पराजित भएको यो क्षेत्रको निर्वाचनको बेला निकै चासो र चर्चा हुने गरेको छ । तत्कालीन अवस्थामा काठमाडौंमा ५ क्षेत्र हुँदा क्षेत्र नम्बर १ रहेको यस ठाउँलाई एमालेले आफ्नो पक्कड क्षेत्र मान्दै आएको छ । २०४८ सालको वैशाख २९ गते संसदीय निर्वाचनमा यस क्षेत्रमा एमालेका तत्कालीन महासचिव मदन भण्डारीले प्रधानमन्त्री भट्राईलाई ७ सय ५१ मत अन्तरले पराजित गर्नु भएको थियो ।

२०५० साल जेठ ३ गते एमाले महासचिव भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको चितवनको दास ढुंगामा रहस्यमय दुर्घटनामा निधन भएपछि भएको उपनिर्वाचनमा मदन पत्नी विद्या भण्डारीेले समेत कांग्रेस सभापति भट्टराईलाई पराजित गर्नुभएको थियो । पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारी समेत २०५१ सालको मध्यावधि निर्वाचनमा यही क्षेत्रबाट भारी मतान्तरले विजयी हुनुभएको थियो । दुई क्षेत्रबाट निर्वाचितले एउटा क्षेत्र छाड्नु पर्ने प्रावधान अनुसार अधिकारीले यो क्षेत्र छोड्नु भयो र त्यसपछि भएको उपनिर्वाचनमा साहित्यकार नारायण ढकाल विजयी हुनुभयो ।

सादगी प्रधानमन्त्रीको रुपमा परिचित अधिकारी २०५६ को संसदीय निर्वाचनमा यही ठाउँबाट उम्मेदवार बन्नुभएको थियो तर उहाँको चुनावी दौरानमै निधन भयो । अधिकारीको चुनावी अभियानमै निधन भएपछि एमालेबाट प्रदिप नेपाल उम्मेदवार बन्नुभयो र पार्टी विभाजन गरी मालेको महासचिव बन्नु भएका वामदेव गौतम भारी मतान्तरले पराजित गर्नुभयो । त्यसपछि यो क्षेत्रबाट पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल समेत २ पटक विजयी हुनुभयो । २०६४ र २०७१ सालको उपनिर्वाचन बाहेक सबै चुनाव एमालेले जित्दै आएको छ । एमालेले काठमाडौं २ मा ‘इमानका गुरु’ फुयालले विगतदेखिको विरासत कायम राख्ने दाबी समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.