प्रचण्डका भाइ नारायण दाहाल राष्ट्रिय सभा सदस्यमा मनोनित
काठमाडौं, २५ चैत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका भाइ नारायणप्रसाद दाहाल राष्ट्रियसभा सदस्यमा मनोनीत भएका छन् । गठबन्धन सरकारको सिफारिसमा दाहाललाई राष्ट्रिय सभा सदस्य मनोनित भएका हुन् ।
नेपालको संविधानको धारा ८६ को उपधारा २ को खण्ड ख बमोजिम राष्ट्रपति विद्या भण्डारीले दाहाललाई मनोनीत गरिएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता सागर आचार्यले विज्ञप्ति मार्फत जानकारी दिएका छन ।
माओवादीभित्र सबैभन्दा बढी अवसर र लाभका पद पाउनेमा उनी लगायत प्रचण्ड परिवारका अधिकांश सदस्य सधै अग्रणी रहेकाछन ।
माओवादी नेता रामनारायण बिडारीको अवधि सकिएपछि रिक्त रहेको पदमा उनी मनोनीत भएका हुन् ।