नेवि सङ्घमा उमेर हद लगाउन माग गर्दै पार्टीमा ज्ञापनपत्र

काठमाडौँ, २१ असोज : नेपाल विद्यार्थी सङ्घले आगामी निर्वाचनमा ३२ वर्षको उमेर हद लगाउन माग गरेको छ । नेवि सङ्घले आज पार्टी केन्द्रीय कार्यालयमा पार्टीका सभापति शेरबहादुर देउवालगायत पदाधिकारी तथा सदस्यलाई भेटेर नेवि सङ्घको १२औँ महाधिवेशनको सुनिश्चितता गर्दै ३२ वर्षे उमेर हद कायम गर्न मागसहितको ज्ञापनपत्र बुझाएको हो ।

नेवि सङ्घका महामन्त्री आनन्दराज त्रिपाठीको नेतृत्वमा पार्टी केन्द्रीय कार्यालय पुगेको सङ्घको टोलीले सभापति देउवालगायत नेताहरुलाई भेटेर ११आँै महाधिवेशनमा लगाइएको उमेर हद लगाउन माग गरेको प्रवक्ता प्रेमराज जोशीले जानकारी दिनुभयो ।

सङ्घको विधान २०२७ को छैठौ संशोशन २०७३ भाग २ को धारा ५ (घ) ले नेवि सङ्घको सदस्यतामै नेतृत्वको उमेर समूह (३२ वर्ष) निर्धारण गर्नुपर्ने व्यवस्था गरेको थियो । सो अवसरमा सभापति देउवाले सङ्घको विधानबारे पार्टी केन्द्रीय समितिमा छलफल गरेर अन्तिम निष्कर्ष निकाल्ने बताउनुभयो । नेवि सङ्घको दुई वर्षे कार्यकाल भदौ २ गते सकिएर तीन महीनाका लागि थपिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.