लाङटाङ राष्ट्रिय निकुञ्ज भित्र ४,३८० मिटरको उचाईंमा रहेको गोसाइँकुण्ड Published On : 1 August, 2023 7:45 pm By : Media Mission Nepal On : फोटो ग्यालरी मुख्य समाचार रसुवा जिल्लाको गोसाइँकुण्ड लाङटाङ राष्ट्रिय निकुञ्ज भित्र ४,३८० मिटरको उचाईंमा रहेको गोसाइँकुण्ड चौथाइ माइल फराकिलो नीलो पानीको सरोवर हो । यसका वरिपरि अरू १०८ वटा कुण्ड रहेका छन् । जसमध्ये एउटा पार्वती कुण्ड रहेको छ भने मुख्य गोसाइँकुण्डलाई चाहिँ शिवकुण्ड मानिन्छ । यहाँको प्राकृतिक वनावट र कुण्डहरूले नै यसलाई आकर्षक गन्तव्यस्थल बनाइदिएको छ । यस ताललाई सन् २००७ सेप्टेम्बरमा रामसार क्षेत्र भित्र समावेश गरिएको छ । विशेषगरी जनैपूर्णिमामा यहाँ मेला लाग्ने गर्दछ । तस्विर : रुपेश श्रेष्ठ