कांग्रेस नेता जोशीको भेन्टिलेटरमा उपचार हुँदै

काठमाडौं, ४ चैत : नेपाली कांग्रेसका नेता नविन्द्रराज जोशीको अवस्था नाजुक रहेको छ । गत फागुन १४ गते मष्तिष्कघात भएर थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत जोशीको भेन्टिलेटरमा उपचार भइरहेको अस्पतालले जनाएको छ ।

केही सञ्चारमाध्यमले जोशीको निधन भएको खबर प्रकाशित गरेपछि अस्पतालले बिहानै विज्ञप्ति निकालेर जानकारी दिएको हो । ​

यस्तो छ अस्पतालको विज्ञप्ति

यस नर्भिक इन्टरनेशनल हस्पिटलमा मष्तिष्कघात भई उपचार गराइरहनुभएका नेपाली कांग्रेसका युवा नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको अवस्था गम्भीर रहेको छ । उहाँको हाल भेन्टिलेटरमा राखेर उपचार जारी राखिएको छ ।

फागुन १४ गते मष्तिष्कघात भई उपचारका लागि उहाँलाई नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । केही दिनको उपचारपछि उहाँको अवस्थामा सुधार आएको थियो । आफैंले श्वासप्रश्वास गर्नुभएपछि केही दिन उहाँलाई भेन्टिलेटरको सपोर्टबिना नै राखिएको थियो । तर, अवस्था पुनः बिग्रिएपछि उहाँलाई पुनः भेन्टिलेटरको पूर्ण सपोर्टमा राखिएको थियो र हाल भेन्टिलेटरमै राखेर उपचार जारी राखिएको जानकारी गराउन चाहन्छौं । उहाँको अहिलेको अवस्था गम्भीर रहेको छ ।

प्रमुख–कर्पोरेट कम्युनिकेसन एण्ड पिआर डिपार्टमेन्ट
नर्भिक इन्टरनेशनल हस्पिटल प्रालि

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.