प्रदेश नं २ सरकारद्वारा सार्वजनिक बस सञ्चालन तयारी

धनुषा, २ मंसिर : प्रदेश नं २ सरकारले सरकारीस्तरबाट नै सार्वजनिक यातायात सेवाका रुपमा बस सञ्चालन गर्ने भएको छ । प्रदेश सरकारले बस सेवा सञ्चालनका लागि पाँच बस पनि खरीद गरिसकेको छ ।

भौतिक विकास पूर्वाधारमन्त्री जीतेन्द्र सोनलले प्रदेशवासीलाई यातायातमा सहुलियत दिन प्रदेशस्तरीय बस सञ्चालन गर्ने तयारी गरिएको बताए । ती बस अहिले धनुषाको मिथिला नगरपालिका, ढल्केबरस्थित सिप्रदी कार्यालयमा राखिएको छ । ती बस केही दिनभित्रै सञ्चालन ल्याइने मन्त्री सोनलले बताए ।

प्रतिबस रु  ६७ लाख ९५ हजारमा खरीद गरिएको भौतिक पूर्वाधार विकास मन्त्रालयले जनाएको छ । निजी बसभन्दा सस्तो भाडादरमा जनताको सहजताका लागि जनकपुर–वीरगञ्ज दुई,  जनकपुर–राजविराज दुई तथा राजविराज–वीरगञ्जसम्म एक बस सञ्चालन गर्ने प्रदेश सरकारको योजना छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.