चितवन बारमा अधिकारी   

चितवन, २२ कात्तिक : चितवन जिल्ला अदालत बार एशोेसिएसनको अध्यक्षमा रामकृष्ण अधिकारी निर्वाचित हुनुभएको छ ।

शुक्रबार राति सम्पन्न मतगणनाको परिणाम अनुसार प्रगतिशील तथा पेशागत कानून व्यवसायी सङ्गठन (पिएलए) का उमेदवार अधिकारी अध्यक्षमा निर्वाचित हुनुभएको हो । उहाँले निकटतम प्रतिद्वन्दी नेपाल प्रजातान्त्रिक कानून व्यवसायी सङ्घ (डिएलए) का डा. हरिहर पोख्रेललाई पराजित गर्दै अध्यक्षमा निर्वाचित हुनु भएको हो । अधिकारीले १ सय ७ मत प्राप्त गर्नु भएको थियो भने पोख्रेलले ८० मत प्राप्त गर्नुभयो ।

एशोेसिएसनको उपाध्यक्षमा मुन्नाविक्रम खाती निर्वाचित हुनुभएको छ । डिएलएका उमेदवार उहाँले आफ्ना निकटतम प्रतिद्वन्दी पिएलएका रामचन्द्र देवकोटालाई पराजित गर्नुभएको हो । खातीले ९६ मत ल्याउँदा देवकोटाले ८२ मत प्राप्त गर्नुभयो । सचिवमा पिएलएका उमेदवार विनोद मिश्र विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्धन्दी डिएलएका श्रीराम दवाडी पराजित हुनुभयो । मिश्रले ९९ र दवाडीले ८२ मत ल्याउनुभयो ।

यसैगरी कोषाध्यक्षमा बद्रीनाथ पण्डित र सहसचिवमा शोभा भट्टराई निर्वाचित हुनुभएको छ । सो एशोसियसनको २१ औँ जिल्ला अधिवेशनले दुई वर्षे कार्याकालका लागि १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.